News Category 2070/09/10

निर्माण भएको १७ महिनामै पुल चर्कियो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ पुस । 
सत्र महिना बित्न नपाउँदा सप्तरीको सिम्रहा सिगियोन गाविसस्थित घोडदह नदीमा निर्माण भएको पक्की पुल चर्किन थालेको छ । 
नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा सञ्चालित व्यवसायिक कृषि विकास आयोजना सम्भाग १ अन्तर्गतको कमर्सियल एग्रीकल्चर एलाइन्स (सिएए) को ४९ दशमलव २१ प्रतिशत, जिल्ला विकास समिति सप्तरीको १७ दशमलव ३५ र गाविस उपभोक्ताको ३४ दशमलव ४४ प्रतिशत लगानीमा गत २०६९ साल असार २९ गते निर्माण सम्पन्न भएको उक्त पुल चर्किन थालेको हो । 
घोडदह नदी सानो पुल निर्माण उपभोक्ता समिति सिमराहा सिंगियौन र समुदायिक साझेदारीमा निर्माण भएको सानो पक्की पुलको बिभिन्न भाग चर्किएको छ । गुणस्तरहीन सिमेन्ट, छड लगायतका निर्माण सामग्री प्रयोग गरि पुल निर्माण गरिएकाले पुल चाडै चर्किन थालेको स्थानियहरुको आरोप छ ।
कमर्सियल एग्रीकल्चर एलाइन्स (सिएए) को रु. ५२ ला ९४ हजार ८ सय ३६, जिल्ला विकास समिति सप्तरीको रु. १८ लाख ६६ हजार ७ सय ५५ तथा गाविस उपभोक्ताको रु. ३५ लाख १७ हजार ३ सय ५५ को लागतमा निर्माण भएको सो पुल डेढ बर्षमै भत्किएपछि त्यसमा अनियमिमता भएको हुन सक्ने स्थानियहरुले आशंका गरेका छन् ।
यता सप्तरीका स्थानिय विकास अधिकारी कृष्ण प्रसाद सापकोटाले सो पुल निर्माणमा भएको खर्चको केही रकम निकासा हुन बाँकी रहेकाले सोही खर्चबाट पुल मर्मतका लागि उपभोक्ता समितिलाई आग्रह गर्ने र उपभोक्ता समितिले मर्मत नगरेको खण्डमा जिविस आफैले मर्मत गरी रकम कट्टा गरी निकासा दिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट