News Category 2070/09/10

रुख कटान गरिरहेका दुई पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ पुस । 
वन कर्मचारीको टोलीले इलाका वन कार्यालय रुपनगर अन्तर्गतको सामुदायिक वन क्षेत्रमा अबैध रुपमा रुख फडानी गरिरहेको अवस्थामा सोमवाररातीे दुई जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा सप्तरीको रुपनगर गाविस निवासी कुदरत अली र सिमसारे सार्कीलाई पक्राउ गरिएको जिल्ला वन कार्यालय सप्तरीले जनाएको छ । इलाका वन कार्यालय रुपनगरका प्रमुख उमेश यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले रुख कटान गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको जनाएको छ । 
पक्राउ परेका दुबै जनालाई आवश्यक कार्वाहीको लागि इलाका वन कार्यालय रुपनीमा राखिएको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट