News Category 2070/09/11
झाको दोश्रो निबन्ध संग्रह “सङ्खघोष” को विमोचन
दैनिक संवाददाता
राजविराज, १० पुस ।
नेपाली निबन्ध सङ्ग्रह ‘सङ्खघोष’ को बुधवार एक कार्यक्रमबीच राजविराजमा विमोचन गरिएको छ ।
सञ्चार यात्राकी अध्यक्ष करुण झाद्वा लिखित निबन्ध सङ्ग्रह ‘सङ्खघोष’को पुनरावेदन अदालत राजविराजका न्यायाधिश सारंगा सुवेदी र सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
कृतिको रुपमा प्रकाशन भएको ३३ पृष्ठको निबन्ध सङ्ग्रह ‘सङ्खघोष’मा आर्शीवाद, सुहागरात, सामाजिक शिकार, मधेसको मन मसिहालाई, खबरदारी पत्र, युवाका अभिभाकलाई निवेदन, शिक्षाविद्लाई सल्लाह, सहकारीलाई चिठ्ठी र एकताको सङ्खघोष शिर्षक भएका ९ वटा निबन्धहरु रहेका छन् ।
विमोचन समारोहमा प्रमुख अतिथि न्यायाधिश सारंगाा सुवेदी, प्रमुख जिल्ला अधिकारी करिकृष्ण पौडेल, प्रेस काउन्सिल पूर्व सदस्य शिवहरिप्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, सहप्राध्यापक सुरेन्द्र प्रसाद गुप्ता, पत्रकार महासंघ सप्तरीका पूर्व सभापति विष्णुकुमार मण्डल, मैथिलि साहित्य परिषद्की संस्थापक अध्यक्ष मिना ठाकुर, साहित्यकार नन्दलाल आचार्य, सेवानिवृत शिक्षिका मञ्जु श्रेष्ठ लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लेखिका झाको यो दोश्रो कृति हो ।
यसअघि लेखिका झाको प्रथम कृतिको रुपमा प्रकाशन भएको मैथिली कविता सङ्ग्रह ‘भगजोगनी’ को प्रकाशन साझा प्रकाशनले गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ