News Category 2070/09/15

जाडोले सप्तरीमा थप एक जनाको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १४ पुस । 
अत्यधिक चिसोका कारण सप्तरीमा शनिवारराती थप एक जनाको मृत्यु भएको छ । 
पछिल्लो पटक शनिवारराती अत्यधिक चिसोका कारण सप्तरीको नेगड गाविस–५ निवासी ५५ बर्षीय मिश्रिलाल सदाको मृत्यु भएको छ । 
आफ्नो घरमा सुतिरहेका सदाको कठ्याङिग्रएर सदाको मृत्यु भएको स्थानिय राम प्रसाद रामले जानकारी दिनुभयो । 
यसअघि गत बिहीवार सप्तरीको नकटी रायपुर गाविस–८ निवासी ६५ बर्षीय रघुनाथी यादवको अत्यधिक चिसोका कारण कठ्याङिग्रएर मृत्यु भएको थियोे । 
त्यस्तै गत साता सुनसरीको मधेशा गाविस–७ घरभई सप्तरीको रुपनगरमा बस्दै आउनु भएका ४५ बर्षीय राजकुमार परियार र जिल्लाको नेगड गाविस–७ निवासी ममता मरिक डुमको अत्यधिक चिसोका कारण मृत्यु भएको थियो ।  
गत मंसीरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवन प्रभावित भएका छन् भने स्थानियहरु बिरामी पर्न थालेका छन् ।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीहरूमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । 
सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा ग्रामिण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 
दुधे बालक देखि ६० बर्षसम्मका बृद्धबृद्धाहरु रुघा खोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाँ लगायतको प्रकोबाट पिडीत भएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट