News Category 2075/05/16

बाढीपीडित दुई सय परिवार बाँधमा अस्थायी शिविर बस्न बाध्य, गर्भवति, सुत्केरी तथा एकल महिलालाई डिग्निटी किट वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका बाढी प्रभावित गर्भवति, सुत्केरी तथा एकल महिलालाई सहयोग हुने खालका २ सय ५० थान मर्यादा सामग्री (डिग्निटी किट) शुक्रबार वितरण गरिएको छ । 
संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपिए) को सहयोगमा नगरपालिकालाई प्रदान गरिएको उक्त डिग्नीटि किट मेयर शैलेश कुमार साह, युएनएफपिएका नरेन्द्र कुमार मिश्रसहितकाले वितरण गरे ।
कोशी नदीमा आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको ६ वटा वडाका ५ सय ४० परिवार प्रभावित भएका छन् । ती प्रभावित परिवार मध्ये करिब दुई सय परिवार कोशी नदीको पश्चिमी बाँधमा अस्थायी शिविरमा बसिरहेका छन् ।
यसैगरी तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइनका ३० परिवारको घर डुबानमा परेको छ ।
बाढी प्रभावित वडाहरुमा रहेको चर्पी तथा खानेपानी ट्यूबेल बाढीको पानीमा डुबेको छ । चर्पी डुबेकाले त्यहाँका बासिन्दाहरु खुला ठाउँमा दिसा बस्ने गरेका कारण फोहर बढ्दै गएको छ । खाने पानीको लागि बाँधको पश्चिमी भागमा डुबानमा पर्नबाट जोगिएको ट्यूबेलको पानी बाढी प्रभावितहरुले खाने गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट