News Category 2075/05/16

संस्थाका अध्यक्षले ४० औं पटक गरे रक्तदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ भदौं । 
सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको २० औं साधारणसभाको अवसरमा  शुक्रबार राजविराजमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 
सो कार्यक्रमको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ब्यानर पढेर उद्घाटन गरे । उद्घाटन गर्दै प्रजिअ पौडेलले संस्थाले गरेका कामहरु सहनिय रहेको भन्दै आउँदो दिनहरुमा संस्थाले जनहितका लागि अझै सक्रियताका साथ काम गर्न सुझाव दिए । 
गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल हाताभित्र रहेको रक्त संकलन केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा दुई महिलासहित २२ जनाले रक्तदान गरेका छन् । 
सो कार्यक्रममा संस्थाका कर्मचारी, पदाधिकारी, शुभेच्छुक लगायतले रक्तदान गरेको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् । 
यसैबीच शुक्रबार रक्तदान गरेसँगै संस्थाका अध्यक्ष चौधरीले ४० औं पटक रक्तदान गरेका छन् भने संस्थाका शुभेच्छुक प्रविण कुमारले पनि २५ औं पटक रक्तदान गरे । 
संस्थाका अध्यक्ष चौधरीसँगै रक्तदान गर्नेहरुमा मिथिलेश कुमार यादव, सुनिल कुमार चौधरी, ब्रजेश कुमार यादव, बिपिन कुमार चौधरी, प्रविण कुमार, आरती कुमारी चौधरी, सचिन्द्र कुमार मण्डल, शिव विलास यादव, रमेश कुमार राम, प्रदिप कुमार मेहता, सरोज कुमार मण्डल, बिरेन्द्र चौधरी, किशोरी प्रसाद शर्मा, मिथिलेश कुमार देव, धिरेन्द्र कुमार चौधरी, भुपेन्द्र कुमार चौधरी, कौशल्या कुमारी यादव, रामसुन्दर यादव, भुपेश कुमार भूप र रामप्रमेश मण्डल रहेका छन् ।
त्यसैगरि रक्तदान गर्नेहरुलाई शुक्रबारै संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले प्रमाणपत्र बितरण गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट