News Category 2075/07/17
कास्मिरमा भाजपा नेताको हत्या
श्रीनगर, कास्मिर, १६ कात्तिक (रासस÷सिन्ह्वा) ।
अपरिचित बन्दुकधारीले बिहीबार राति सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेता अनिल परिहर र उहाँका भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।
आक्रमणकारीहरुले किस्तवार भन्ने ठाउँमा रहेको परिहर निवासमा गोली प्रहार गरेका थिए । घटनास्थल कास्मिरको राजधानी श्रीनगरदेखि २१७ किलोमिटर दक्षिणतर्फ पर्दछ ।
“गएराति बन्दुकधारीहरुले घरतर्फ जाँदै गर्दा भाजपाका प्रदेश सचिव अनिल परिहर र उहाँका भाइ अजित परिहरको हत्या गरेका छन्,” एक जना वरिष्ठ प्रहरी अधिकारीले बताउनुभयो ।
आक्रमण हुनेबित्तिकै उहाँहरुलाई नजिकैको अस्पतालमा लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । भारतको प्रधानमन्त्री कार्यालयका कनिष्ट मन्त्री जितेन्द्र सिंहले घटनाप्रति दुःख व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ