News Category 2075/07/30
छलफलकै क्रममा राष्ट्रियसभा सदस्य पासमान माथि कुटपिट
दैनिक समाचारदाता
सर्लाही, ३० कात्तिक ।
राष्ट्रियसभा सदस्य रामप्रीत पासमानमाथि शुक्रबार उनकै गाउँमा एक समूहले कुटपिट गरेको छ । सो कुटपिटबाट पासमानको शरीरमा चोट लागेको छ ।
सर्लाहीको कविलासी नगरपालिका ६ मदनपुरमा छलफल कार्यक्रममा सो समूहले पासमानलाई कुटपिट गरेको हो ।
संघीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसद पासमानले छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि ज्यान मार्ने किसिमले आक्रमण गरेको जनाइएको छ ।
यता राष्ट्रियसभा सदस्य पासमान माथि संघातिक रुपमा आक्रमण गरिएको भन्दै नेपाल दलित सेवा समाजले आन्दोलनको चेतावनी दिएको छ ।
संघका जिल्ला अध्यक्ष हेमन पासवानद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको हो ।
यस्तै संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमितिले समेत विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारवाहीको माग गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ