News Category 2075/08/02
देशमै धेरै कर बुझाउनेमा घोराही सिमेन्ट उद्योग सम्मानित
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
दाङको घोराही सिमेन्ट देशमै धेरै कर बुझाउने उद्योगबाट सम्मानित भएको छ । सातौं कर सप्ताहका अवसरमा शनिबार काठमाडौंमा आयोजित समारोहमा उद्योगलाई सम्मान गरिएको हो ।
सोही क्रममा अघिल्लो आर्थिक बर्ष २०७३÷०७४ मा देश भरका उद्योगी करदाता मध्य घोराही सिमेन्ट उद्योग समयमै र सबै भन्दा धेरै कर तिर्ने उद्योगका रुपमा सम्मानित भयो ।
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व बिभाग लाजिम्पाट काठमाडौले सातौं राष्ट्रिय कर दिवसका अबसरमा घोराही उपमहानगरपालिका वडा नं. ४ गाेंग्लीमा रहेको घोराही सिमेन्ट उद्योग प्रालिलाई सम्मान गरेको हो ।
स्थापनाकालदेखी हालसम्म समयमै मूल्य अभिबृद्धी कर विवरण र कर बुझाएका करतादा मध्ये वितेको आर्थिक बर्ष २०७३÷२०७४ मा सबै भन्दा बढी मूल्य अभिबृद्धी कर दाखिला गरेको विभागले जनाएको छ ।
आन्तरिक राजश्व विभागले हरेक बर्ष मंसिर १ गतेका दिन कर दिवस साताव्यापी रुपमा मनाउँदै आएको छ । सोही क्रममा देशभरका उद्योगी, व्यवसायी र व्यक्तिगत रुपमा उत्कृष्ठ करदातालाई सम्मान गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ