News Category 2075/08/18
विदेशीको हत्यामा संलग्नमाथिको सुनुवाई शुरु
ढाका, बंगलादेश (रासस÷एपी) । 
    बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा भएको आक्रमणमा संलग्न आठजना दोषीमाथिको सुनुवाई विशेष अदालतमा शुरु भएको छ । इस्लामिक लडाकू समूहले गरेको उक्त आक्रमणमा १७ जना विदेशीसहित २२ जनाको मृत्यु भएको थियो । सन् २०१६ मा ढाकास्थित होले आर्टिसान बेकरीमा पाँचजना लडाकूले बन्धक बनाएर गरेको आक्रमणबाट जापान, इटाली र भारतका १७ जनाको मृत्यु भएको थियो । करिब १२ घण्टासम्मको प्रयत्नपश्चात बन्धक बनाउने व्यक्ति बंगलादेशी सुरक्षाफौजका कमान्डोको कारबाहीमा मारिएका थिए । उक्त कारबाहीका क्रममा दुइजना सुरक्षाकर्मीसमेत मारिएका थिए ।
    एकजना प्रहरी अधिकारी रिपोन कुमार दासको बयानका आधारमा मुद्दाको सुनुवाई हुँदैछ । रिपोन र अरु प्रहरी अधिकारीले पाँचजना लडाकू युवा क्याफेभित्र छिरेका र खाना खाइरहेका ग्राहकलाई बन्धक बनाएको प्रत्यक्ष देखेको बताएका छन् । शङ्कास्पद ती व्यक्तिमाथि हत्या समेतका विभिन्न आरोपमा मुद्दा चलाइएको छ । यदि अभियोग प्रमाणित भएमा उनीहरुले मृत्युदण्डको समेत सजाय भोग्नुपर्नेछ ।
    ढाकाको उक्त क्याफेमा आक्रमण भएपश्चात इस्लाम विरोधी देखिएका अन्य धेरै व्यक्तिमाथि निरन्तर आक्रमण भइरहेका छन् । यस्ता आक्रमणहरु खासगरी धर्म निरपेक्ष व्यक्ति, लेखक, धार्मिक अल्पसंख्यक, विदेशी र अधिकारकर्मीमाथि लक्षित भएका छन् ।
    क्याफेमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको थियो तर शेख हसिनाको सरकारले त्यस दाबीलाई अस्वीकार गर्नुभएको छ । उहाँको विचारमा यो र बंगलादेशमा भएका अन्य आक्रमणमा बंगलादेशभित्रै सक्रिय जुमातुल मुजाहिद्दीन बंगलादेश संलग्न छ । प्रहरी अनुसन्धानले उक्त आक्रमणमा २२ जना लडाकू संलग्न रहेको तथ्य फेला पारेको छ । तीमध्ये आठजनामाथि सुनुवाई हुँदैछ । यी आठमध्ये छजना जेलमा छन् भने दुईजना फरार छन् । पाँचजना शंकास्पद व्यक्ति आक्रमणकै समयमा मारिएका थिए भने अरु केही व्यक्ति सुरक्षा कारबाहीमा यसअघि नै मारिएका छन् । जेलमा रहेका व्यक्तिका तर्फबाट कसैले पनि प्रतिरक्षा गर्न अस्वीकार गरेपछि अदालतले नै पाँच जना कानुन व्यवसायीलाई नियुक्त गरेको छ । 
 
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
 - 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
 - 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
 - 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
 - 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
 - 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
 - 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
 - 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
 - 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
 - 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
 
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
 - 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
 - 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
 - 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
 - 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ