News Category 2075/08/22
म्यानमारका हजारौं महिलालाई चीनमा विवाह गर्न दबाब
बैङ्कक÷म्यानमारका सहाराविहीन हजारौँ महिलालाई चीनमा बेचविखन गर्न र विवाह गर्न दबाब दिने गरेको पाइएको छ ।
म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरूलाई चीनतर्फ लैजाने गरेको तथ्यसहितको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ ।
द्वन्द्वको फाइदा उठाउँदै म्यानमारका सहाराविहीन महिलालाई सीमा क्षेत्रमा दुरूपयोग हुने गरेको पाइएको हो ।
चीनमा पुरुषको भन्दा महिलाको सङ्ख्या कम भएकाले पनि म्यानमारका महिलाहरूलाई चिनियाँहरूले विवाह गर्ने गरेको अध्ययनकर्ताहरूले बताएका छन् ।
चीनमा अहिले पुरुषकोभन्दा महिलाको सङ्ख्या झण्डै तीन करोड ३० लाख कम रहेको सरकारी तथ्याङ्क छ ।
जनसङ्ख्या अत्यधिक बढेपछि सरकारले यसअघि लागू गरेको एक सन्तान नीतिका कारण महिलाको सङ्ख्या घटेको पाइएको छ । म्यानमार बाहेक कम्बोडिया, लाओस, भियतनामलगायतका देशबाट पनि वर्षेनी हजारौँ महिला चीन लगिने गरेको छ । एजेन्सी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ