News Category 2075/08/27

गाँजा र लागु औषधसहित तीन पक्राउ, गाँजाका बोट नष्ट

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    सर्लाही र सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट तीन जनालाई गाँजा र लागु औषधसहित पक्राउ गरेको छ भने महोत्तरीमा झण्डै ५ सय गाँजाका बोटहरु नष्ट गरिएको छ । 
    प्रहरीले सर्लाहीको हरिवन नगरपालिका ९ स्थित पुर्व पश्चिम लोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चेकिङ टोलीले हरिवन नगरपालिका ३ सासापुर निवासी ३० वर्षिय मान बहादुर घिसिङलाई ४ किलो २०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
    बा ५० प ७५५ नम्वरको पल्सर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको लागु औषध गाँजा ४ किलो २०० ग्राम फेला परेकोले मोटरसाईकल र घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन् । 
    यस्तै सिरहा नगरपालिका १७ स्थित नेपाल भारत सिमाना दश गज्जा क्षेत्रबाट प्रहरीले चेकिङ गर्दा भारतबाट नेपाल तर्फ आउदै गरेका स्थानीय खिरौना बस्ने १६ वर्षिय नन्दु यादवलाई नाईट्रोभेट ४५ थान ट्याबलेट र सिरहाकै मिर्चैया नगरपालिका ५ बस्ने १६ वर्षीय कृष्ण कुमार यादवलाई नाईट्रोभेट ४५ थान ट्याबलेटसहित पक्राउ गरेको जनाइएको छ । 
    यता दुबै घटनामा संलग्न तीनै जनालाई प्रहरीले अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ । यस्तै महोत्तरीको बर्दिबास नगरपालिका १० र ११ को विभिन्न स्थानमा २ कठ्ठा जग्गामा लगाईएको ५ सय अवैध गाँजाका बोटहरु फडानी गरि नष्ट गरिएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट