News Category 2075/08/28
प्रदेश स्तरिय हिरोकपको उपाधि पर्सालाई
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
प्रदेश स्तरिय हिरोकप फुटवल प्रतियोगिताको उपाधि पर्सा ११ ले जितेको छ । जित सँगै विजेता बनेको पर्साले एक लाख नगद सहित हिरोकप प्राप्त गरेको छ ।
हिरोज स्पोटिङ्ग क्लव कंचनरुप नगरपालिका ३ बरमझियाद्वारा संचालित प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा सर्लाही ११ लाई १–० गोल अन्तरले हराउँदै पर्सा ११ ले हिरोकप हात पारेको हो ।
सम्पन्न खेलमा पर्साले संघर्षपुर्ण जित निकाल्ने क्रममा पहिलो हाफको ३२ औं मिनेटमा कृपाकान्त चौधरीले डिएरियाबाट गरेको कडा प्रहार जाली चुमेको थियो । सो गोललनै निर्णायक बन्यो ।
दोस्रो हाफमा सर्लाहीले निकै आक्रमक खेल खेल्दै गोल फर्काउने प्रयास गरेपनि पर्साका सशक्त रक्षापतिका खेलाडीहरुले विफल पारेका थिए ।
प्रतियोगिता समाप्ति पछि आयोजक क्लवका अध्यक्ष बिजयी कुमार चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य डा. सुर्य नारायण यादव, कंचनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्र, कृष्णा शवरण गाउँपालिकाका प्रमुख परशुराम चौधरी लगायतले बिजयी खेलाडीहरुलाई कप शिल्ड र नगद पुरस्कार वितरण गरेका थिए ।
यता उप बिजेता हुने सर्लाही ११ ले नगद ५० हजार पुरस्कार प्राप्त गरे । १७ मंसिर देखि सुरु भएको प्रतियोगितामा प्रदेश २ अन्तर्गतका सवै ८ वटा जिल्ला टिमको सहभागीता थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ