News Category 2075/08/28
दूधमा पानी मिसाए दश हजार जरिवाना !
दैनिक समाचारदाता
काठमाडौं, २८ मंसिर ।
सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका जारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ जारी गरेको हो ।
निर्देशिका मुलुकभरका दूध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्रीवितरण गर्ने सबै व्यवसायमा लागू हुनेछ । निर्देशिकाले दूध उत्पादनदेखि उपभोगसम्मको चरणमा स्वच्छता र गुणस्तर कायम गर्न सघाउ पुग्ने मन्त्रालयको विश्वास छ ।
निर्देशिकाअनुसार दूध उत्पादक किसानले पशुचौपाया स्वास्थ्य, गोठ तथा फार्मको सरसफाइ, दूध दुहुने भाँडा र व्यक्तिगत सफाइमा समेत ध्यान दिनुपर्नेछ ।
दूध दिने जनावर स्वस्थ हुनुपर्ने, दूध दुहुनुअघि साबुन पानीले राम्ररी हात धुनुपर्ने, हातमा घाउ चोट तथा खटिरा नभएको तथा संक्रामक रोग नलागेको हुनुपर्ने, गोठ सफा सुग्घर राख्नुपर्ने, दुध दुहुने भाँडो सजिलै सफा गर्न सकिने र ठूलो मुख भएको र स्टेनलेस स्टिल वा अल्मुनियमको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।
दूध प्रशोधनको क्रममा दूध राख्ने भाँडा सफा र सुख्खा हुनुपर्ने, दुहेको दूध अर्को भाँडामा खन्याए पछि दुहेको भाँडा तुरून्तै तातोपानी, साबुन वा डिटरजेन्ट पानीले पखालेर घोप्ट्याएर राख्नुपर्ने, दूधमा पानीलगायत बाहृय पदार्थ मिसावट गर्न नपाइने, गुणस्तर बिग्रेको, स्वाद बिग्रेको, फाटेको वा बिगौती दूध प्रशोधनका लागि संकलन केन्द्र वा चिस्यान केन्द्रमा लैजान नपाइने व्यवस्था निर्देशिकाले गरेको छ ।
‘दूध दुहेपछि संकलन केन्द्र वा चिस्यान केन्द्र अथवा प्रशोधन कारखानामा बढीमा दुई घण्टाभित्र पु¥याइसक्नुपर्नेछ, बिहानको दूध बिहानै र बेलुकाको दूध बेलुकै संकलन केन्द्रमा पु¥याउनुपर्नेछ’, निर्देशिकामा भनिएको छ ।
दूध उत्पादक किसानले पशुलाई खुवाउने दाना स्वच्छ, गुणस्तरीय र पोषणयुक्त हुनुपर्ने उल्लेख छ । डेरी उद्योगमा दूध प्रशोधन गर्न ठाउँमा आगन्तुकलाई प्रवेश निषेध गर्न भनिएको छ ।
प्रशोधन कक्षमा कामगर्दा कामदारले सफा टोपी, माक्स, एप्रोन, पञ्जा, जुत्ता लगाउनु पर्ने, दूध प्रशोधन गर्दा मेसिनरी औजारको प्रयोग गर्नुपर्ने, दूध प्याकिङ गर्दा रवरले प्याकिङ गर्न नपाइने व्यवस्था निर्देशिकाले गरेको छ ।
निर्देशिका जारी भएको मितिले ६ महिनापछि अर्थात आगामी चैतदेखि लागू हुने मन्त्रालयले जनाएको छ । अनुगमन र निरीक्षणका क्रममा निर्देशिका बमोजिम नभएको पाइए सम्बन्धित दुग्ध व्यवसाय सञ्चालकमाथि खाद्य ऐन २०२३ अनुसार कारवाही हुनेछ ।
खाद्य ऐन विपरीत काम गर्ने व्यक्तिलाई कसूरअनुसार पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । यस्तै नियम उल्लघंन गर्नेमाथि दश हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ