News Category 2075/09/01
जाँजरमा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु
राजविराज÷सप्तरीको बोदे बर्साईन नगरपालिका ५ जाँजरमा शनिवारदेखि चाम्पियन स्टार क्रिकेट टिमद्वारा टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न उद्घाटन खेलमा बैरिया बिजयी भएको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको बैरियाले निर्धारित २० ओभरमा अलआउट हुँदै २१० रनको योगफल बनाएको थियो । जसमा बैरियाका बिशालले सतक जोडेको थियो भने राजेशले ४९ र मुन्ना खानले २० र गोबिन्दले १० रनको योगदान थियो । लौकहीका प्रदीप ३, जिया अन्सारी र रफिक नाज २÷२, मनोज र मन्जरले १÷१ बिकेट हात पारेको थियो ।
प्रतिउत्तरमा २११ रनको बिजयी लक्ष्यसहित मैदान उत्रेको लौकही टिमले अलआउट हुदै १०५ रन मात्र बनाउन सक्यो । जसमा लौकहीका अजितले सर्बाधिक २१ रन बनाएको थियो भने प्रदीप कुमार १८ र जिया अन्सारीले १३ रन र सुभाष १२ रनको योगदान गरेको थियो । लौकहीलाई सस्तैमा समेटिन बैरियाका रबिन्दर ३, राजेश, आकाश र प्रियान्सले समान २÷२ तथा राजेशले १ बिकेट लिएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच बैरियाका बिशाल घोषित भए । प्रतियोगिता अन्तर्गत आईतवार मिर्चैया सिरहा र कुशहा सप्तरीको बीच हुने आयोजकले जनाएको छ । यसअघि आयोजक खेलकुद समिति अध्यक्ष मो. मन्सुर अध्यक्षतामा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य अभिषेक प्रसाद यादवले उद्घाटन गरेका थिए ।
को कार्यक्रममा अतिथि बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मो. मजेवुल रहमान, जिल्ला समन्वय समिति सप्तरी सदस्य मो. दाउद हुसेन, राजपा नगर संयोजक अमरेन्द्र यादव, नेकपा युवा नेता प्रमोद यादव, ईलका प्रहरी कार्यालय बोदे बर्साईन प्रहरी नायव निरीक्षक प्रदिप सिंह, पत्रकार लोकेन्द्र प्रसाद यादवले बोल्नुभयो ।
प्रतियोगिताको बिजेताले रु. ५१ हजार मेडल र उपबिजेताले रु. ३१ हजार हात पार्ने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
- 2082/07/28 करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
- 2082/07/28 कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ