News Category 2075/09/02

नक्कली नागरिकता प्रकरणमा थप तीन पक्राउ

दैनिक समाचारदाता

धनुषा, २ पुस (रासस) ।
    नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई पक्राउ गरिएको छ । यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थियो ।  
    पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल तथा कार्यालय सहयोगीद्वय अरुणकुमार यादव र वीरेन्द्र चौधरी रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो । 
    यसअघि जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत ४२ वर्षीय महावीर मण्डलसहित धनुषाको जनकपुर उपमहानगरपालिका– २० का ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका–५ का ४९ वर्षीया गङ्गा साह र रौतहटको दुर्गा भगवती गाउँपालिका–४ का हेमन्तकुमार पाण्डेलाई पक्राउ गरिएको थियो । 
    पक्राउ पर्ने साह औरही गाउँपालिकाका वडा सदस्य  हुन् । अन्य सो गाउँपालिकाका कर्मचारी हुन् ।     

प्रतिकृया दिनुहोस

ताजा अपडेट