News Category 2075/09/04
हतियारसहित दुई पक्राउ
दैनिक समाचारदाता
धनुषा, ४ पुस ।
धनुषा र सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुई जनालाई हतियारसहित पक्राउ गरेको छ ।
धनुषाको हंषपुर नगरपालिका ५ सुगानिकासबाट जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा एक जनालाई हतियारसहित पक्राउ गरेको छ ।
स्थानिय मंगल साह तेलीको मदिरा पसलमा मदिरा पिउँदै गरेको अवस्थामा धनुषाको हंषपुर नगरपालिका ७ बस्ने ३१ वर्षिय बचन भन्ने बेचन मण्डललाई चेकजाँच गर्ने क्रममा एक थान पेस्तोल, सोमा प्रयोग भएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको ६ राउण्ड गोलीसहित पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।
यसैगरि सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाईस्थित मौवाही मिर्जापुर भित्री सडक खण्डमा बिशेष सुराकीको आधारमा प्रहरीले २७ वर्षीय रविन्द्र कुमार मण्डललाई हतियारसहित पक्राउ गरेको छ ।
प्रहरीले चोरी मुद्दाको फरार प्रतिवादी मण्डललाई पक्राउ गरेपछि चेकजाँच गर्ने क्रममा कम्मरमा बोकेको खाली अवस्थाको कटुवा पेस्तोल एक थान फेला परेको सिरहा प्रहरीले जनाएको छ ।
दुबैजनलाई मातहतका प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ