News Category 2075/09/08
मधेशको राजनीतिमा नयाँ तरंग आउने ः फोरम अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपासँग एकता पहिलो प्राथमिकताले मधेशको राजनीतिमा नयाँ तरंग आउने दाबी गरेका छन् ।
संचारकर्मीहरुसँगको कुराकानीमा उनले परिवर्तनको खोजीमा आफूले राष्ट्रिय जनता पार्टी (राजपा) सँग पार्टी एकीकरणको प्रस्ताव ल्याएको बताए ।
हालै सम्पन्न संघीय समाजवादी फोरमको केन्द्रीय समिति बैठकले अध्यक्ष यादवको संयोजकत्वमा राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र रकम चेम्जोङसहित पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।
स्वास्थ्य मन्त्री एवं उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले पहिलो प्राथमिकता राजपासँगकै एकता भएपनि राप्रपा (प्रजातान्त्रिक), नयाँशक्ति र जनमुक्ति पार्टीका केही नेताले यसै हप्ता संघीय समाजवादी फोरममा प्रवेश गर्ने जानकारी दिए ।
उनले राजपाका संयोजक राजेन्द्र महतो, पुर्वसंयोजक महन्थ ठाकुरसँग पनि कुराकानी भएको बताए । यस्तै, राप्रपा (प्रजातान्त्रिक) बाट दीपक बोहरासँग वार्ता चलिरहेकोले चाडै नै उनी पनि फोरममा प्रवेश गर्ने दाबी गरे ।
आउँदो वैशाख २९ र ३० गते पार्टीको राष्ट्रिय एकताको महाधिवेशन गर्ने निर्णय भएकोले त्यसअघि नै विभिन्न दलका नेताहरूलाई पार्टीमा प्रवेश गराउने प्रयास शुरु भएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ