News Category 2075/09/19
रेशम चौधरी सपथ ग्रहण लगत्तै पुनः कारागार चलान

दैनिक समाचारदाता
काठमाडौं, १९ पुस ।
कैलाली क्षेत्र नं. १ बाट अत्याधिक मतसहित राजपाका तर्फबाट बिजयी भएका रेशम चौधरीले १३ महिनापछि प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको बिहीबार शपथ लिएका छन् । सपथग्रहण लगत्तै चौधरी पुनः कारागार चलान भएका छन् ।
संसद सचिवालय सिंहदरबारमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई शपथ ग्रहण गराएका हुन । चौधरी जनमतबाट स्वीकृत भएको भन्दै उनको दल राजपा नेपालले चौधरीमाथि लागेको मुद्दा सरकारले फिर्ता लिनुपर्ने बताउँदै उनलाई शपथ दिलाउन माग गर्दै आएको थियो ।
राजपा अध्यक्षमण्डका संयोजक राजेन्द्र महतोले केही दिन अघि संसद बैठकमा रेशम चौधरीलाई अविलम्ब शपथ खुवाउनु पर्ने बताएका थिए ।
केपी ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको राजपाले केही दिन अघिदेखि आफ्ना मागमा सरकार गम्भीर नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको थियो ।
राजपाले रेशम चौधरीलाई शपथ गराउनुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली त्यसका लागि तयार भएका थिए ।
विहीवार संसद सचिवालयमा सांसदको शपथ ग्रहरणका लागि चौधरीलाई केन्द्रीय कारागारबाट सिधैं ल्याइएको थियो । सिंहदरबारमा ल्याइएका चौधरीलाई स्वागत गर्न राजपाका शीर्ष नेता, कार्यकर्ता, चौधरी पत्नी रञ्जिता श्रेष्ठ चौधरी, अन्य दलका सांसदहरु उपस्थित भएका थिए ।
शपथ ग्रहणमा आएका उनलाई खादा, अबीरले स्वागत गरिएको थियो । शपथ सकिएपछि उनी केही समय सिंहदरबारमा बसेका थिए । चौधरीले शपथ लिएकोमा नेता कार्यकर्ताबाट बधाइ लिएका थिए ।
पत्रकारहरुबाट घेरिएका चौधरीले टीकापुर घटनामा आफू निर्दोश रहेको र आफूले न्याय पाउने आशा व्यक्त गरेको बताएका थिए । उनको मुद्दा अदालतमा विचाराधिन रहेको भन्दै शपथ पछि चौधरीलाई पुन केन्द्रीय कारागार लगिएको छ ।
जेल लगिनुभन्दा पहिला चौधरीले शपथपछि सांसद लोगो लगाएर जेल लान मिल्छ भन्दै प्रश्न गरेका थिए । सामान्यतया राजनीतिक प्रकृतिका मुद्दामा जेलबाट निस्किएपछि कार्यकर्ता, समर्थकले नेतालाई माला, खादा, अबीर लगाएर स्वागत गर्ने गरेका छन् ।
२०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी ८ प्रहरी र एक नाबालकको ज्यान गयो । त्यसको भोलिपल्ट भदौ ८ गते कफ्र्यु जारी भएको अवस्थामा करिब थारुका ८५ घर र पसल एफएममा आगजनी भयो । लुटपाट पनि भएको थियो ।
लगत्तै प्रहरीले थारु अगुवा, नेता, कार्यकर्ता, सर्वसाधारणलाई गिरफ्तार गर्यो । हालसम्म सांसद रेशम चौधरी, थरुहट नेता लक्ष्मण थारु, थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीसहित २६ जनालाई पुर्पक्षकै लागि थुनामा राखिएको छ । उनीहरूको मुद्दा अदालतमा विचाराधिन छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2078/01/03 प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि बढीरहेका छन् : डा. कोइराला
- 2078/01/03 हात्तिको आक्रमणबाट एकको मृत्यु
- 2078/01/03 बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
- 2078/01/03 बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
- 2078/01/03 कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
- 2078/01/02 ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो
- 2078/01/02 चैती छठको तयारी सुरु, आज नुहाई खाई
- 2078/01/01 नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला प्रशासनको निर्देशनपछि स्थगित
- 2078/01/01 कोरोनाका त्रासकाबीच रमजान सुरु
- 2078/01/01 पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको अध्यक्षमा पाण्डे निर्विरोध चयन
अन्तर्राष्ट्रिय समाचार
- 2077/12/31 भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति
- 2077/12/13 चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो