News Category 2075/09/24
मैत्रीपूर्ण महिला क्रिकेटमा खडक नपा बिजयी

दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
मैत्रीपुर्ण महिला क्रिकेटमा खडक नगरपालिकाले सुरुङ्गा नगरपालिकालाई पराजित गरेको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिकाको जाजरमा संचालित टि–ट्वाईन्टी क्रिकेट प्रतियोगिता अन्र्तगत भएको खेलमा खड्कले सुरुङ्गालाई ४ बिकेटले पराजित गरेको हो ।
टस जिती पहिलो ब्याटिंग गरेको सुरुङ्गाले १० ओभरका खेलमा ८ बिकेटको नोक्सानीमा ७२ रनको योगफल तयार पारेको थियो । सुरुङ्गाकी गिता चौधरीले १७ तथा बिपना चौधरीले १२ रन बनाएकी थिइन् । यस्तै बलिंगतर्फ खडककी सुस्मीता चौधरीले ३ तथा पुजा चौधरी र कृति चौधरीले २÷२ बिकेट लिएकी थिइन् ।
प्रतिउत्तरमा ७३ रनको लक्ष्य प्राप्त गर्न मैदानमा ओर्लेको खडकले अन्तिम ओभरको अन्तिम बलमा भेटाएको थियो । जसमा भोलावत्ति चौधरीले २० बलमा ६ चौक्काको मद्दतले नटआउट ३४ रन र अन्जली चौधरीले १६ रनको योगदान दिएकी थिइन् । बलिंगतर्फ सुरुङ्गाकी मोनिका चौधरी र गिता चौधरीले ३÷३ बिकेट लिएकी थिइन् ।
यता खडककी भोलावत्ति चौधरीलाई सम्पन्न खेलको म्यान अफ द म्याच स्वरुप नगद तथा पुरस्कार प्रदान गरिएको छ । यस्तै बिजयी खेलाडीलाई सप्तरी क्रिकेट संघका सदस्य अनवर अलीले ट्रफी बितरण गरेका थिए ।
सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सबल नेपालले सप्तरी जिल्लाको महिला क्रिकेटलाई उकास्न खडक नगरपालिका तथा सुरुङ्गा नगरपालिकाका किशोरीहरुलाई प्रशिक्षण गराएका थिए । जसमा नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले समेत प्रशिक्षण दिएका थिए भने अन्तराष्ट्रिय खेलाडी महवुव आलम र धर्मेन्द्र चौधरीले प्रशिक्षण प्रदान गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/12/30 किसानलाई उत्पादनमूखी अनुदान दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
- 2077/12/30 कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न माओवादी केन्द्रको माग
- 2077/12/30 सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गसलाउञ्जमा विशेष छुट पाउने
- 2077/12/29 माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने
- 2077/12/29 उच्च बार एशोसिएशनमा डिएलएको बर्चश्व
- 2077/12/28 पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
- 2077/12/28 दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो
- 2077/12/28 बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान
- 2077/12/27 पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
- 2077/12/25 नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा
अन्तर्राष्ट्रिय समाचार
- 2077/12/13 चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?