News Category 2075/09/24
व्यवसाय प्रवद्र्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने
काठमाडौँ, २४ पुस (रासस) ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ ।
बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपछिको निजी आवास निर्माण कर्जा उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गरेको छ ।
बैंकले रु दश लाखसम्मको लागि साधारण र रु दश लाखभन्दा बढीको कर्जाका लागि विस्तृत परियोजना प्रस्ताव पेस गरेपछि कर्जा दिने उल्लेख गरेको छ । यस्तै परियोजनाको बीमा गराउनुपर्नेको हकमा बीमाको पोलिसी बैंकमा पेस गरेपछि मात्र कर्जा भुक्तानी हुने व्यवस्था गरिएको छ । बैंकका अनुसार त्यस्तो कर्जाको अवधि पाँच वर्षको हुनेछ भने कर्जा किस्ताबन्दीमा दिइनेछ ।
बैंकका अनुसार व्यावसायिक कृषिका लागि रु पाँच करोड, स्वरोजगार कर्जा रु सात लाख, विदेशबाट फर्केका युवालाई रु १० लाख, महिला उद्यमशीलता रु १५ लाख, दलित समुदायका लागि रु १० लाख, व्यावसायिक शिक्षा रु पाँच लाख र भूकम्पपीडितलाई आवास निर्माण गर्न रु तीन लाख दिइनेछ ।
बैंकले तरकारी उत्पादन, प्रशोधन भण्डारण तथा बिक्री वितरण, बीउबिजन उत्पादन, वनजङ्गल व्यवसाय, पशुपक्षीपालन, फलफूल, मत्स्यपालन, पशु बधशाला, उखु, कफी, चिया, अलैँची, अदुवा, बेसार, जैतुन, सूर्यमुखी, अल्लो खेती, मौरीपालन, जौ, फापर, सिलाम, पशुपक्षीको दाना उद्योग, कपास ऊन, भेडा, च्याङ्ग्रा, चौँरीपालनलगायतमा सहुलियत कर्जा उपलब्ध गराउने योजना अगाडि सारेको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना र महिला उद्यमशीलताका लागि कृषि, पशुपक्षीपालन, सिँचाइ तथा सिँचाइ उपकरण, कृषि औजार, वन विकास तथा चरण, जग्गा विकास, उद्योग व्यवसाय, सेवा व्यवसायका क्षेत्रमा ऋण दिनेछ । यस्तै पशुपक्षीसम्बन्धी चिकित्सा व्यवसाय, कृषि तथा औद्योगिक उत्पादन वृद्धिमा सहयोग पु¥याउने व्यवसाय, सीप एवं स्वरोजगारमूलक व्यवसाय, पर्यटन, सञ्चारसम्बन्धी व्यवसाय, यातायात क्षेत्रमा समेत लगानीका लागि ऋण दिने छ ।
दलित समुदाय व्यवसायमा परम्परागत बजाउने बाजा निर्माण, सिलाइकटाइ, परम्परागत आयआर्जनका पेशा, फलाम, कोइला, जुत्ता बनाउनका लागि चाहिने कच्चा पदार्थ, प्रशोधित छाला, जुत्ता चप्पल, ब्याग आदि बनाउने उद्योग स्थापना, परम्परागत सुन चाँदीका गहना, भाँडाकुँडा निर्माण, कालीगड सेवा प्रवद्र्धनका लागि बैंकले ऋण दिनेछ । आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिन चाहिने कच्चा पदार्थ खरीद गर्न, वस्तु तथा सेवा बिक्री गर्न, व्यवसायका लागि सामूहिक यन्त्रशाला निर्माणका लागि ऋण प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।
यस्तै आर्थिकरूपमा विपन्न, सीमान्तकृत समुदाय, तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागिसमेत ऋण दिने उहाँको भनाइ छ ।
सरकारले तोकेको विषयका उच्च शिक्षा, स्वास्थ्यसँग स्म्बन्धित विषय, इञ्जिनीयरिङ, पशु विज्ञान, कृषि विज्ञान तथा अन्य प्राविधिक विषयसँग सम्बन्धित स्नातक वा सो भन्दा माथिल्लो तहका विषय अध्ययनका लागि ऋण दिइनेछ ।
बैंकको व्याजको हाल आधारदर छ दशमलव ३३ रहेको छ । आधार दरमा थप दुई प्रतिशत ब्याज लाग्ने भएपनि सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिएको छ । महिला उद्यमशिलता कर्जाका लागि छ प्रतिशत ब्याज अनुदान दिएको छ । त्यस आधारमा हेर्दा बैंकले औसतमा दुई दशमलव ३३ प्रतिशत ब्याज दरमा महिलालाई ऋण प्रदान गर्नेछ । अन्यका हकमा भने तीन दशमलव ३३ प्रतिशत ब्याजमा ऋण दिनेछ ।
विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले हाल ७७ जिल्लामध्ये ७४ जिल्लामा आफ्नो सेवा दिइरहेको छ । हाल देशभर २१० शाखा कार्यालय, १६५ एटिएम, १७ एक्स्टेन्शन काउन्टर, ९३ शाखारहित बैंकिङ सेवा दिइरहेको छ ।
बैंकको २०७५ असोज मसान्तसम्म कूल निक्षेप रु एक खर्ब ६४ अर्ब छ । यस्तै बैंकले रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ । गत असोज मसान्तसम्म बैंकले रु एक अर्ब १२ करोड खुद मुनाफा गरेको छ । विसं २०७४ असोजमा भने रु ७० करोड ८७ लाख मुनाफा गरेको थियो । बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी २०७५ वैशाख १९ गतेदेखि एकीकृत कारोवार गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/11/24 उपचार खर्चको अभावमा मृत्यु भएकी खंगका परिवारलाई मन्त्रीद्वारा सहयोग
- 2077/11/24 प्रदेश सरकारद्वारा १ हजार ५ सय छात्रालाई साइकल
- 2077/11/24 नारी दिवसमा र्याली, सभा तथा सम्मान
- 2077/11/24 २५ लाखको लागतमा ऐतिहासिक पोखरीलाई नयाँ रुप दिइदै
- 2077/11/24 दुई फरारसहित चार प्रतिबादी पुर्पक्षका लागि कारागार चलान
- 2077/11/24 सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
- 2077/11/23 हत्या, बलात्कार गरि फरार तथा हतियारसहित पक्राउ परेका चार अभियुक्त सार्वजनिक
- 2077/11/23 रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
- 2077/11/23 मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह
- 2077/11/23 दुर्घटनामा घाइते भएका पुजारीको उपचारको क्रममा मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?
- 2077/03/03 कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजारभन्दा बढी संक्रमित