News Category 2075/11/08
दुई बालिकालाई जबरजस्तिकरणी गर्नेहरु पक्राउ
दैनिक समाचारदाता
सिरहा, ८ फागुन ।
सिरहाको छुट्टाछुट्टै स्थानमा दुई जना बालिका जबरजस्तीकरणीको शिकार भएकी छिन् । ती दुबै घटनाका आरोपीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।
सिरहाको धनगढीमाई नगरपालिका १३ वस्ने १४ वर्षीया बालिकालाई जबरजस्तिकरणी गरेको अभियोगमा स्थानिय एक यूवकलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानिय चन्डेरा जंगलमा दाउरा टिप्न गएको अवस्थामा ती बालिकालाई मंगलवार साझँ सोही नगरपालिका १३ खजनपुरका २४ वर्षीय श्रीराम यादबले जबरजस्तिकरणी गरेका थिए ।
करणी पश्चात् फरार रहेका यादवलाई ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी, सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय, लहानमा पठाएको जनाएको छ ।
यसै गरी सिरहा गोलबजार नगरपालिका १० घुर्मिघाट वस्ने १२ वर्षीया बालिकालाई जबरजस्ति करणी गरेको अभियोगमा सोही नगरपालिका वस्ने अन्दाजी २१ वर्षीय दिपक राईलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घरमा कोही नभएको अवस्थामा निज बालिकालाई जवरजस्तिकरणी गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले राईलाई पक्राउ गरेको हो ।
यता दुबै घट्ना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ