News Category 2075/11/16
बालक बेपत्ता हुने क्रम वृद्धि
.jpg)
लहान, १६ फागुन (रासस) ।
सिरहाको नवराजपुर–२ मझौराका ११ वर्षीय आशुतोषकुमार यादव फागुन १० गते बेपत्ता भए ।
लहानस्थित लिट्टिल स्टार बोर्डिङ स्कूलमा अध्ययनरत उनी बिहान ६ बजे ट्युसन पढ्न गएका र त्यसपछि अहिलेसम्म घर फिर्ता नआएको आशुतोषका काका शैलेन्द्रप्रसाद यादवले बताउनुभयो ।
लहानबाट करीब एक महीनाअघि बेपत्ता भएका सप्तरीको बलानविहुल–२ घर निवासी सन्तोष साहका १४ वर्षीय छोरा लीलाकान्त साह अझै सम्पर्कमा आउन नसकेको उनको पारिवारिक स्रोतले जनाएको छ । लहानस्थित मनकामना सेकेन्डरी इङलिस बोर्डिङ स्कूलको होस्टेलमा बस्दै आएका लीलाकान्त होस्टेलबाट घर जाने क्रममा बेपत्ता भएको जनाइएको छ ।
होस्टेलमा बसेका लीलाकान्तलाई भेट्न गत माघ २७ गते सरस्वती पूजाका दिन उक्त बोर्डिङको होस्टेल पुग्दा त्यहाँका एक शिक्षिकाले तपाईंको छोरा यहाँ छैन, करीब सात—आठ दिनपहिले नै तपाईंको छोरा यहाँबाट निस्किएको हो भन्दै जवाफ दिएको बेपत्ता बालकका पिता सन्तोषले बताउनुभयो । आफ्नो छोरा मनकामनाको होस्टेलबाट नै बेपत्ता भएको जिकिर गरे पनि उक्त बोर्डिङका सञ्चालक बद्रीनारायण चौधरीले लीलाकान्त होस्टेलबाट घर जानका लागि निस्किएको अवस्थामा बेपत्ता भएको हुनसक्ने जानकारी दिनुभयो ।
त्यस्तै सिरहाको सखुवानन्कारकट्टीका एकै परिवारका तीन बालक विगत एक सातादेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका एक बालकलाई काठमाडौँ विराटनगर चल्ने बसमा खलासीको काम गरिरहेको अवस्थामा फेला पारेर परिवारको जिम्मा लगाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । यसरी विगत एक महीनाको अवधिमा लहान क्षेत्रबाट सात बालक बेपत्ता भएका छन् । विद्यालयको लापरवाही, अभिभावकको निगरानी अभाव, लैङ्गिक आत्मीयता, लागुऔषध सेवन गर्ने साथीसङ्गतको प्रभाव, घरायसी विवाद, अपराधिक क्रियाकलाप, भड्किलो लवाइखवाइका कारण बालकहरू बेपत्ता हुने क्रम बढ्ेको जानकारहरूले बताए ।
सानै उमेरमा आफू अनुकूलको काम गर्न नपाएको र घरपरिवार तथा शिक्षकहरूबाट अनुशासनमा राख्न प्रयत्न गर्न खोज्दा बालकहरू घर र विद्यालय छोडने क्रम बढ्ेको स्थानीयवासी ब्रह्मदेव साहको भनाइ थियो । बालकहरू घर छाडी अन्यत्र गएर आपराधिक क्रियाकलाप तथा लागुऔषध सेवनलगायत कार्यमा लाग्ने गरेकाले यस विषयमा अभिभावकहरू सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
यता प्रहरी नायब उपरीक्षक थापाले बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको बताउनुभयो । बालकहरू बढी स्वतन्त्रता खोज्न घरपरिवारबाट टाढा बस्ने उद्देश्यले बेपत्ता हुने क्रम बढ्ेको भन्दै उहाँले यस्ता घटनालाई न्युनीकरण गर्न सीमाक्षेत्रका साथै बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भन्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2078/01/03 प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि बढीरहेका छन् : डा. कोइराला
- 2078/01/03 हात्तिको आक्रमणबाट एकको मृत्यु
- 2078/01/03 बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
- 2078/01/03 बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
- 2078/01/03 कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
- 2078/01/02 ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो
- 2078/01/02 चैती छठको तयारी सुरु, आज नुहाई खाई
- 2078/01/01 नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला प्रशासनको निर्देशनपछि स्थगित
- 2078/01/01 कोरोनाका त्रासकाबीच रमजान सुरु
- 2078/01/01 पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको अध्यक्षमा पाण्डे निर्विरोध चयन
अन्तर्राष्ट्रिय समाचार
- 2077/12/31 भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति
- 2077/12/13 चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो