News Category 2075/12/23
हावाहुरी पीडितका लागि प्रदेश १ र ५ सरकारद्वारा एक करोड सहयोग, कामनपाद्वारा एक दिनको तलब २५ लाख सहयोग
दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश १ को सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको छ ।
प्रदेश १ मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको हो । सो बैठकले बारा र पर्सामा भएको हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरी घाइतेको शीघ्र स्वास्थ्यको कामना पनि गरेको छ ।
यसैगरि बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि प्रदेश नम्बर ५ सरकारले पनि १ करोड राहत सहयोग पठाउने निर्णय गरेको छ ।
प्रदेश सरकारको मन्त्री परिषदको शुक्रबार बसेको बैठकले प्रदेश नम्बर २ सरकारको आकस्मिक राहत कोष खातामा प्रदेश ५ सरकारको तर्फबाट राहत सहयोग पठाउने निर्णय गरेको हो ।
यता काठमाडौँ महानगरपालिकाले बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि २५ लाख सहयोग गर्ने भएको छ ।
बिहीबारको ३१ औँ कार्यपालिका बैठकले हावाहुरीबाट प्रभावितलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । कामपाले प्रदान गर्ने उक्त रकम जनप्रतिनिधि र कर्मचारीकोको एक दिनको पारिश्रमिकबाट सङ्कलन हुने रकम हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ