News Category 2075/12/24
प्रदेश २ को दुई जिल्लामा भएको आगलागीबाट ४४ लाखको क्षति
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
प्रदेश २ को महोत्तरी र सिरहा जिल्लामा शनिवार साँझ भएको आगलागीमा ४४ लाख मुल्य बराबरको क्षति भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका २ महेन्द्रचौक नजिक सुरेन्द्र साहले संचालन गरेको पशुपति छापाखानामा अचानक बिद्युत सर्ट भई आगलागी हुँदा छापाखानामा रहेको फ्लेक्स प्रिन्टको मेसिन, छापाखानाको सानो र ठुलो मेसिन, कागजपत्र र अन्य स्टेशनरीको सामान जलि पूर्ण रुपमा नष्ट हुँदा करिब ३० लाख बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यसैगरि सिरहाको लक्ष्मिपुर पतार गाउँपालिका १ पिप्रा वस्ने शत्रुधन झाको फुसको घरमा अचानक आगलगी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन तथा फर्निचरका समानहरु पूर्णरुपमा जलि नष्ट हुँदा करिव ४ लाख ४० हजार ५ सय बरावरको क्षति भएको छ ।
यस्तै सोही आगोबाट निजको छिमेकी शिब नारायण ठाकुरको परालको टौवामा आगो सल्कि उक्त टौवा समेत पूर्ण रुपले जलि नष्ट हुँदा करिव १५ हजार बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय महेशपुरपतार, सिरहाले जनाएको छ ।
त्यस्तै सिरहाकै धनगढीमाई नगरपालिका १३ डावर वस्ने ईन्द्रदेव यादबको खरले छाएको १ तले घर र गोठमा अचानक आगलागी हुँदा घर र गोठ भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन तथा फर्निचरका समानहरु पूर्णरुपमा जलि नष्ट हुँदा करिव २ लाख बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय बिष्णुपरकट्टी, सिरहाले जनाएको छ ।
सवै ठाउँमा भएको आगलागी सम्बन्धित प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ