News Category 2076/01/12
वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
राजविाजमा संचालित वडा स्तरिय क्रिकेट प्रतियोगिता अन्तरगत बिहीबार सम्पन्न खेलमा वडा नं ८ ले वडा नं. ७ लाई ३७ रनले तथा वडा नं. ९ ले वडा नं. २ लाई २४ रनले पराजित गरेको छ ।
राजबिराज नगरपालिका वडा नं. ५ को मुख्य प्रायोजन तथा लायन्स क्रिकेट क्लबको आयोजनामा संचालित दोश्रो वडा स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगतको दोश्रो दिनको खेलमा वडा नं. ८ र ९ बिजयी भएको हो ।
पबिमाबिको क्रिकेट मैदानमा संचालित प्रतियोगितामा वडा नं. ८ ले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा १ सय ३५ रनको योगफल तयार पारेका थिए ।
वडा नं. ८ का लागि इमरान जोशीले बिष्फोटक ब्याटिंग गर्दै ३० बलमा ७ चौक्का र ४ छक्काको मद्धतले ६० रनको योगदान दिएका थिए भने मुकेश यादव २३ तथा मनिश मण्डल १८ ले उनलाई राम्रो साथ दिएका थिए ।
यता बलिंग तर्फ वडा नं. ७ का तर्फबाट प्रियांस श्रेष्ठ र अमर यादवले सामान ३ बिकेट तथा चन्द्रप्रकाश मेहता र जितेन्द्र मण्डलले क्रमशः २ र १ बिकेट लिएका थिए । यस्तै १ सय ३६ रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. ७ ले १६ ओभर ५ बलमा आफनो सम्पुर्ण बिकेट गुमाई ९८ रनमै सिमित भएका थिए । वडा नं. ७ को तर्फबाट चन्द्र प्रकास मेहता ३७, अभिजित पेरिवाल १२, प्रियांस श्रेष्ठ १३ तथा प्रिन्स लोडाले ११ रनको योगदान दिएका थिए ।
वडा नं. ७ लाई सस्तोमा समेटनवडा नं. ८ का तर्फबाट रामचन्द्र मेहताले ३ तथा मनिश मण्डल, अभिजित यादव र रवी रायले सामान २ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच वडा नं. ८ का तर्फबाट बिस्फोटक ब्याटिंग गर्ने इमरान जोशि घोषित भएका थिए ।
बिहिवारै सम्पन्न अर्को खेलमा वडा नं. ९ ले टस जिती पहिलो ब्याटि. गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय ३० रनको योगफल तयार पारेका थिए । वडा नं. ९ का लागि मो इकवाल डिसीले ३६, प्रविन साह २३ तथा अभिशेक सिंहले १इ रन बनाएका थिए भने अभिशेक यादव १३ रनमा नटआउट रहेका थिए । बलिंग तर्फ वडा नं. २ का तर्फबाट प्रमोद यादवले ३ तथा अशोक मेहता र सिमान्त राईले सामान १ बिकेट लिएका थिए ।
१ सय ३१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वडा नं. २ का खेलाडि १५ ओभर ५ बलमै धरासायी हुदै १ सय ६ रनमै समेटिएको थियो । वडा नं. २ का तर्फबाट बिजयी मण्डलले ३७, शिवनन्दन मण्डल १३, रवी राय १० तथा प्रमोद यादव १० रनमा नटआउट रहेका थिए । वडा नं. २ लाई सस्तोमा समेटन वडा नं. ९ का अमर यादवले घातक बलिंग गर्दै ३ ओभर ५ बलमा ८ रन दिई महत्वपुर्ण ५ बिकेट लिन सफल भएका थिए भने प्रहलाद चौधरी र मो सादिकले सामान २ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच घातक बलिंग गर्ने वडा नं. ९ का मो सदिक घोषित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ