News Category 2076/01/13
फोरम नेपालको मधेश प्रदेश समितिको अधिवेशन सुरु
दैनिक समाचारदाता
सिरहा, १३ बैशाख ।
प्रदेश २ को सिरहा जिल्लाको लहानमा शुक्रबारदेखी संघीय समाजवादी फोरम नेपालको मधेश प्रदेश समितिको अधिवेशन सुरु भएको छ ।
अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री एवं पार्टी उपाध्यक्ष लालबाबु राउत, महासचिव रामसहाय यादव, मन्त्री ज्ञानेन्द्र कुमार यादव, विजय यादव र शैलेन्द्र साहसहित प्रदेश पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको छ ।
उद्घाटन सत्रमा नेता तथा पदाधिकारीहरूले सबैले पार्टीलाई प्रदेशको प्रमुख शक्तिका रुपमा स्थापित गर्न आ–आफ्नो तर्फबाट इमान्दार भएर अघि बढनुपर्ने कुरामा जोड दिएका छन् ।
प्रदेश समितिको नयाँ नेतृत्वका लागि अध्यक्षका लागि वर्तमान अध्यक्ष समेत रहेकी उपाध्यक्ष रेणु यादव, मुख्यमन्त्री राउत, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, प्रदेश सचिव शेषनारायण यादव, केन्द्रिय सदस्यहरू महाजन यादव, हरिनारायण यादव लगायत उम्मेदवार रहेका छन् ।
यता उपाध्यक्ष यादव र मुख्यमन्त्री राउतले अध्यक्ष बन्ने चाहना राखेका छन् । अध्यक्षका उम्मेदवारमध्ये केहिले चुनावमै जाने तयारी समेत गरेकाले सहमतिको सम्भावना देखिएको छैन । अधिकांश जिल्लामा समन्वय समिति नेतृत्वका लागि चुनाव भएकोले प्रदेशमा पनि चुनाव नै हुने सम्भावना प्रदेश प्रतिनिधिहरुको भनाई छ ।
पार्टीको नयाँ संशोधित विधानमा केन्द्रिय पदाधिकारी भन्दा प्रदेश अध्यक्ष बढी शक्तिशाली हुने प्रावधान राखिएपछि आकर्षण बढेको फोरम श्रोतले जनाएको छ । प्रदेश २ मा फोरमको सरकार रहेको कारण पनि अध्यक्ष पदका लागि बढी इच्छुक देखिएको छ ।
प्रदेश समितिको बिहीवार बसेको बैठकले मुख्य सचिव, कोषाध्यक्ष लगायतको प्रतिवेदनलाई पारित गर्दै प्रदेश अधिवेशनका लागि ३२ जना सदस्य मनोनित गर्ने निर्णय गरेको थियो ।
त्यसमध्ये आठवटै जिल्लाबाट जिल्ला समन्वय समितिको सिफारिसमा ३÷३ जना र ८ जना प्रदेश समितिले चयन गर्ने बताइएको छ । प्रदेश अधिवेशनमा झण्डै ५ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । प्रदेशका ८ जिल्लामध्ये सिरहा बाहेक ७ वटामा समन्वय समिति गठन भइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ