News Category 2076/02/16
अन्धविश्वासमा अढाई वर्षीय नाबालकको हत्या
दैनिक समाचारदाता
धनुषा, १६ जेठ ।
दैवी शक्ति हासिल गर्न र यौनइच्छा जगाउन भन्दै एक झाँक्रीले बालकको ज्यान लिएको घटना सार्वजनिक भएको छ ।
धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा शत्रुधन महतोले यस्तो कृत्य गरेको प्रहरीले बताएको छ । शत्रुधनले शम्भु साहका अढाइ वर्षीय छोरा बालक आर्यनको हत्या गरेको बयान प्रहरीमा दिएको बताइएको छ ।
घटना गएको २४ वैशाखको हो । अघिल्लो दिन हराएका बालक आर्यन अर्को दिन घाँटी काटिएको अवस्थामा मृत फेला परेका थिए । सामान्य परिवारका आर्यनको हत्याको कारण पत्ता लगाउँदै जाँदा झाँक्रीले मरेको यौन इच्छा जगाउन र दैवी शक्ति प्राप्त गर्न बालकको घाँटी रेटेर हत्या गरेको खुलेको प्रहरीले बताएको छ । प्रहरीले शत्रुधनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बयानमा महतोले हत्या स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।
महतोको साथबाट प्रहरीले एक थान धारिलो हतियार, घटना गर्दाको बखत लगाएको गन्जी, गम्छा र धोती बरामद गरेको छ । घटनाको जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी ईकाइ कार्यालय जनकपुर र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले अनुसन्धान गरिरहेको प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । अनुसन्धानका क्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडासँग समन्वय गरी कुकुरको टोली समेत मगाइएको थियो ।
हराएका बालकको हत्यापछि निकै दिनसम्म पनि कुनै प्रमाण फेला नपर्दा अनुसन्धान पेचिलो बन्दै गएको थियो । प्रदेश नम्बर २ प्रहरीका डीआईजी हरि पालले भने, “हत्याको पछाडि अपहरणको कारण देखिएन । किनकी अपरहणकारीले परिवारसँग फिरौती माग्ने लगायतका काम गर्छन् । तर यो घटनामा त्यस्तो केही पाएका थिएनौं । त्यसपछि हामीले अन्य विषयहरु सुक्ष्म रुपमा अध्ययन गर्न थाल्यौं ।”
अनुसन्धानका क्रममा प्रहरी टोलीले शवकै विश्लेषण गरेर नयाँ जुक्ति निकाल्यो । प्रदेश २ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले भने, ‘‘बालकको घाँटी पछाडिबाट काटिएको थियो ।
“यस्तो देखेपछि हामीले गाउँका सबै धामीझाँक्रीको विवरण संकलन गरेर अनुसन्धान अगाडि बढायौं । अनुसन्धानकै क्रममा महतोको बयान शंकास्पद हुँदै गयो ।’’ त्यसपछि महतो आफैंले अपराध स्विकारेको खड्काले बताए । बयानमा क्रममा महतोले आफूले अपार दैवीशक्ति पाउन र यौनइच्छा फर्काउनका लागि बालकको ज्यान लिएको स्वीकार गरेको खड्काले जानकारी दिए ।
“श्रीमती र म विगत दुई वर्षदेखि सँगै सुत्न छाडेका थियौं । मेरो यौनशक्ति मरेको थियो । नरबली दिएपछि झाँक्रीको शक्ति पनि बलियो हुने र मागेको सबैकुरा पुग्ने सुनेको थिएँ । त्यसपछि मैले आर्यनलाई आफ्नो शिकार बनाउने सोचिसकेको थिएँ । त्यही योजनाअनुसार मैले मारेको हुँ,” महतोको बयान उद्धृत गर्दै खड्काले भने । आर्यनको हत्या गरेको समयमा महतोकी श्रीमती र छोरा उपचारका लागि काठमाडौं आएका थिए । त्यही मौकामा मध्यराति महतोले बालकको हत्या गरेको प्रहरीले बताएको छ ।
मृतक बालकका बुबा भने वैदेशिक रोजगारीको क्रममा मलेसियामा थिए । बालककी आमा रेणु देवी साह घाँस काट्न गएको बेलामा घरमा खेलिरहेका आर्यनलाई महतोले फकाएर आफ्नो घरमा लगेका थिए । हत्यापछि महतोले बालकको शव खेतको झाडीमा फालेका थिए । महतोविरुद्व अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यान सम्बन्धी कसूरमा मुद्दा प्रक्रिया अगाडि बढाइएको एसपी खड्काले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/12/30 किसानलाई उत्पादनमूखी अनुदान दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
- 2077/12/30 कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न माओवादी केन्द्रको माग
- 2077/12/30 सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गसलाउञ्जमा विशेष छुट पाउने
- 2077/12/29 माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने
- 2077/12/29 उच्च बार एशोसिएशनमा डिएलएको बर्चश्व
- 2077/12/28 पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
- 2077/12/28 दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो
- 2077/12/28 बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान
- 2077/12/27 पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
- 2077/12/25 नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा
अन्तर्राष्ट्रिय समाचार
- 2077/12/13 चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?