News Category 2076/03/03
दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सुरु, उद्घाटन खेलमा गत वर्षको बिजेता खड्क बोदेबर्साइन थन्डर्सद्वारा पराजित
दैनिक समाचारदाता
राजविराज, २ असार ।
दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सोमबारदेखी राजविराजस्थित पविमाबिको खेल मैदानमा सुरु भएको छ ।
उद्घाटन खेलमा बोदेबरसाइन थन्डर्स क्रिकेट टिमले गत वर्षको बिजेता बजाज खडक वारियर्सलाई ३३ रनले पराजित गरेको छ ।
पहिलो ब्याटिङ गर्दै बोदेबर्साइनले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रनमा सीमित भएको थियो ।
ब्याटिङ गर्न ओर्लेको बोदेबर्साइनले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । जसमा मुकुन्द यादवले १५ बलमा अविजित ४९ रन बनाएका थिए । यस्तै अमित यादवले अविजित ३४ र पवन दासले ३३ रन बनाएका थिए ।
त्यसतै वारियर्सका लागि हरिशंकर शाहले सर्वाधिक ४५ रन बनाएका थिए । .वारियर्सलाई लक्ष्यसम्म पुग्न नदिन बोदेबर्साइनका कप्तान मन्जित श्रेष्ठले सर्वाधिक २ विकेट लिएका थिए । यता खेलको प्लेयर अफ द म्याच बादेबर्साइनका मुकुन्द यादव घोषित भए ।
यसअघि प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले ब्याटिङ र उपप्रमुख साधना झाले बलिङ तथा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंहले अम्पायरिङ गरेर उद्घाटन गरेका थिए ।
सो उद्घाटन समारोहमा भिम दल गणका गणपति गुप्त बहादुर कुँवर, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अबधेश झा, नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिव आरएन विश्वास, वडा नम्बर ५ का अध्यक्ष समिर झा, वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ६ का अध्यक्ष प्रेम यादव, वडा नम्बर ५ का रामप्रसाद यादव, राजविराज नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत श्याम सिंहको उपस्थिति रहेको थियो ।
राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा संचालित प्रतियोगितामा पाँच टोलिको सहभागिता रहेको छ भने प्रतियोगितामा यस पटक पुरुष तर्फको बिजेताले २ लाख नगदसहित ट्रफि तथा उपबिजेताले १ लाख पाउने छ भने महिलातर्फको बिजेताले ५१ हजार तथा उपबिजेताले ३१ हजार प्राप्त गर्ने सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिएका छन् ।
गत बर्षबाट संचालन गरिएको मेयर कप सप्तरी प्रिमयर लिगको पहिलो उपाधि बजाज खडक वारियर्सले १ लाख ५० हजार सहित हात पारेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ