News Category 2076/04/08
समाजवादी पार्टीको प्रदेश समिति अध्यक्षमा बिजय यादव
दैनिक समाचारदाता
जनकपुरधाम, ८ साउन ।
समाजवादी पार्टीको मधेश प्रदेश समितिको बुधबार समायोजन भएको छ ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति एकीकरणपछि गठन भएपछि बुधबार जनकपुरमा आयोजित प्रदेश समिति समायोजन घोषणा कार्यक्रमबाट अध्यक्षमा विजय यादव चयन भएका छन् ।
प्रदेश समिति समायोजन कार्यदलका संयोजक, पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अध्यक्षसहित ७० सदस्यीय नयाँ प्रदेश समितिको घोषणा गरेका हुन् ।
नवगठित कार्य समितिको उपाध्यक्षमा रामपृत पासवान, उर्मिला साह, सुशिल यादव चयन भएका छन् भने मुख्य सचिवमा शम्भू झा, सचिवहरुमा दिनेश यादव, ज्ञानेन्द्र कुमार यादव र राम कैलाश यादव चयन भएका छन् ।
त्यसैगरि कोषाध्यक्षमा रेणु यादव (सिरहा) चयन भएकी छन्। समायोजित समितिमा तत्कालिन संघीय समाजवादी फोरम नेपालको लहान अधिवेशनबाट निर्वाचित ५१ जना र नयाँ शक्तिबाट १९ जना रहेका छन ।
पदाधिकारीहरुमा उपाध्यक्ष सुशिल यादव र सचिव राम कैलाश यादव नयाँ शक्ति तर्फबाट चयन भएका हुन् । अध्यक्ष सहितका अन्य पदाधिकारीहरु फोरमको कोटाबाट आएका हुन् । ११ पदाधिकारी सहितको ९९ सदस्यीय समितिमा २ उपाध्यक्ष सहित २९ सदस्यको पद खाली राखिएको छ ।
समायोजन घोषणा कार्यक्रममा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले संक्रमणकालमा रहेको मुलुकको निकासको लागि समुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको बताए । विश्वकै राजनीति परिदृश्यमा पुजीवादी र साम्यवादी विचारधारा चरम संकटमा फँसेको भन्दै उनले त्यसको विकल्पमा आफुहरुले समुन्नत संघीय समाजवादलाई अघि सारेको बताए ।
त्यस्तै कार्यक्रममा केन्द्रिय समिति अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको उल्लेख गर्दै त्यसका लागि थुप्रै पार्टीहरुसंग साकारात्मक छलफल चलिरहेको बताए । आफुहरु संविधान संशोधनको सर्तमा सरकारमा सहभागी भएको बोल्दै उपप्रधानमन्त्री समेत रहेका यादवले संविधान संशोधन नभए संघर्ष एक मात्र विकल्प रहने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
- 2082/07/28 करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
- 2082/07/28 कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ