News Category 2076/04/16
बिन लादेनका छोरा हम्जा मारिए ः अमेरिकी सञ्चारमाध्यम
वासिङ्टन, १६ साउन (रासस÷एएफपी) ।
आतङ्कवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीको भनाइ उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचिमा राखिएका हम्जाले आफू अल–कायदाको नेता भएको बताउँदै आएका थिए ।
अमेरिकी प्रशारण संस्था एनबीसी न्यूजका अनुसार तीन जना अमेरिकी अधिकारीले बिन लादेनका छोरा हम्जाको मृत्यु भएको पुष्टी गरेको जनाएको छ तर ती अधिकारीले हम्जाका बारेमा थप विवरण दिन अस्वीकार गरेका छन् ।
हम्जाको मृत्युका बारेमा अमेरिकी राष्ट्रपतिको कार्यालयमा पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसीको समाचार सही वा गलत भन्ने बारेमा बताउन अस्वीकार गर्नुभयो । राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यस बारेमा म अहिल्यै केही टिप्पणी गर्न चाहन्न ।”
सन् २०१९ फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले हम्जाको टाउकाको मूल्य १० लाख अमेरिकी डलर तोक्नुअघि नै उनको मृत्यु भइसकेको अनुमान गरिएको छ । ओसामा बिन लादेनका २० जना छोराछोरीमध्ये हम्जा १५औं सन्तान हुन् । ओसामाकी तेस्रो पत्नीको कोखबाट जन्मेका हम्जा ३० वर्षको हाराहारीका थिए । अमेरिकी विदेश मन्त्रालयले ओसामाको उत्तराधिकारीका रुपमा हम्जाले अलकायदाको नेतृत्व गर्न थालेको जनाएको छ ।
“जिहादी राजकुमार” का रुपमा समेत लिइने हम्जाले बेलाबखत अडियो र भिडियो सन्देशमार्फत अमेरिका र उसका समर्थक मुलुकमाथि आक्रमण गर्न आह्वान गर्दै आएका थिए । खासगरी सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको कारबाहीमा आफ्ना बुबा ओसामाको हत्यामा संलग्नमाथि कारबाही गर्ने धम्की हम्जाले दिएको विदेश मन्त्रालयको दाबी छ । पाकिस्तानको अबोटाबादमा ओसामाको घरबाट बरामद गरिएका कागजातमा हम्जालाई अल–कायदाको उत्तराधिकारी बनाउन थालेको उल्लेख थियो ।
हम्जाको विवाहसम्बन्धी एक अर्को भिडियोमा हम्जाले अल–कायदाका वरिष्ट व्यक्तिकी छोरीसँग विवाह गरेको देखिएको थियो । उनीहरु दुबै इरानमा बसेको विश्वास गरिएको छ तर त्यहाँ घरमै नजरबन्द गरिएको हुन सक्ने अनुमान पनि गरिएको छ । विश्वमै इस्लामिक जिहाद फैल्याउने मुख्य धरोहरका रुपमा लिइएका हम्जाको हत्या भएको हो भने त्यसले यस आन्दोलनमा ठूलो क्षति पु¥याउने अतिवादी संगठनका विषयमा अध्ययनरत संस्था साइट इन्टेलिजेन्सका कार्यकारी कार्यकारी निर्देशक रिटा काजले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ