News Category 2070/11/06
गोली प्रहारबाट एक महिला गम्भिर, घटनाको बाणिज्य संघद्वारा भत्र्सना
दैनिक संवादादता
राजविराज, ६ फागुन ।
सप्तरीको भारदह गाविसमा सोमबारराति गोली प्रहार हुँदा एकजना महिला गम्भिर घाइते भएकी छिन् ।
हतियारसहित डकैती गर्न आएका तीन जना युवकले सप्तरीको भारदह चौकस्थित रामविलास किराना पसलमा राती साढे ७ बजे गोली प्रहार गरेका छन् ।
पसलधनी रामविलास साहकी ५० वर्षिया श्रीमती ललितादेवी साहमाथि सो समुहले गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट घाइते भएकी साहको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको भारदह–पोर्ताहा ब्यापार संघका अध्यक्ष कुन्दनकुमार मण्डलले जानकारी दिनुभयो ।
हतियारसहित पसल छिरेका ती समुहमध्ये एक जनाले हिन्दी भाषामा चुरोटको मोल सोधेको र कुरा नमिलेपछि ललितादेवी साहको छातीमा एक राउण्ड गोली प्रहार गरी भारदह गाविसको कार्यालयहुूदै अन्यत्र फरार भएको पीडित परिवारले बताएका छन् ।
यसैबीच इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर दीपक कार्की नेतृत्वको टोलीले राती नै घटनास्थलबाट प्वाइन्ट दुई दुईको एक थान गोलीसमेत बरामद गरेको छ । घटनाको अनुसन्धान भईरहेको र फरार डाूकाको खोजीकार्य तिब्र भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय भारदहदेखि सय मिटर पश्चिम रहेको र घटनास्थल वरिपरि नै प्रहरीको चौबिस घण्टै सुरक्षागस्ती रहेको अवस्थामा हतियारधारी समुहले पसलमा छिरेर पसलधनीमाथि गोली प्रहार गर्नुले जिल्लाको सुरक्षा ब्यवस्थामा प्रश्नचिन्ह उठेको स्थानीय ब्यापारीहरुको भनाई छ । घटनास्थल क्षेत्रका ब्यापारीहरुले आफुहरुलाई सुरक्षा प्रदान गर्नसमेत माग गरेका छन् ।
यसैबीच सप्तरी उद्योग बाणिज्य संघले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै घटनाको भत्र्सना गरेको छ । संघका उद्योग उपाध्यक्ष शंकर प्रसाद दासद्वारा जारि विज्ञप्तिमा घटनास्थलको छेउमै रहेको प्रहरी चौकी रहदा समेत यस्तो घटना हुनु अतयन्त दुःखदायी भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/06/04 किर्ते कागज बनाई वित्तीय संस्थाबाट अर्कैको नाउँमा ऋण निकालिएको खुलासा
- 2081/06/04 जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन
- 2081/06/03 सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
- 2081/06/01 चन्दा नदिदा माइक्रो चालक र सहचालकलाई कुटपिट गरि लुटपाट
- 2081/06/01 “महम्मद डे” मा सद्भाव ¥याली
- 2081/05/30 शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
- 2081/05/30 जिल्ला बार एशोसिएशनको अध्यक्षमा कामेश्वर यादव निर्वाचित
- 2081/05/28 नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
- 2081/05/28 हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो
- 2081/05/28 संविधान दिवसका लागी विभिन्न कार्यक्रम तय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ