News Category 2076/08/24

राम मन्दिर फैसला पछि यस पाली  जनकपुर, विवाह पञ्चमी ऐतिहासिक हुने

दैनिक समाचारदाता

राम मन्दिर फैसला पछि यस पाली  जनकपुर, विवाह पञ्चमी ऐतिहासिक हुने

अमरनाथ मण्डल
    ऐतिहासिक धरोहर र पहिचान बोकेका हाम्रा राजाजनकका मिथिला नगरी जनकपुरधाममा यस पाली विवाह पञ्चमीको अर्कै रौनक कामधाम, शामधान तथा भारतका प्रयाप्त मात्रामा पर्यटकीय श्रद्धालु भक्तजनहरुको उपस्थितिको संख्या बढ्ने अनुमान गरिरहेका छन् । भारतका अयोध्याबाट ऐतिहासिक रुपमा बरात सजाई अनेक किसिमका लौकिक सामग्रीहरुको साथ विभिन्न भेष भुष लगाई ऋषीमुनीहरु नागरिक  सर्वसाधारण भक्तजनहरु जनकपुरधाम भगवान पुरुषोत्तम राम, माता जानकीको ऐतिहासिक विवाहिक सम्बन्धका धरोहरलाई एक पल्ट फेरि विभिन्न किसिमका पुजाआजा विधि सम्वत् मनाई नाचगान लगायत भजनकिर्तनको साथमा जनकपुर प्रवेश गर्ने भारतका श्रद्धालुहरुको कार्यक्रम रहेको हुनाले यसपालीको जनकपुरको विवाह पञ्चमी ठूलो पर्यटकीय क्षेत्रमा स्थापित हुने अनुमान गरिरहेका छन् । 
    मानव जिवनको सभ्यता र संस्कृति सिकाउने ऐतिहासिक महापुरुष पुरुषोत्तम राम र मिथिला नगरी जनकपुरका राजा जनकका पुत्री माता सिताको ऐहासिक स्वयंवर, ऐतिहासिक विवाहित कार्यक्रम, तथा भारतका अयोध्याबाट ऐतिहासिक बरातका स्वागतको लागि जनकपुर तमतैयार रहेको अवस्थामा जनकपुरको भव्य विवाह पञ्चमी व्यवस्थित र मर्यादिदत तथा पर्यटकीय अनुभवको अनुभुतिको सिर्जनाको लागि जनकपुर उप महानगरपालिका र प्रदेश २ का सरकार काँधमा ठूलो दायित्व र भुमिका पुगेका अवस्थामा प्रदेश सरकारलाई मधेशका ठूलो पर्यटकीय क्षेत्र जनकपुरलाई व्यवस्थित गर्नुपर्ने यहि अवसर रहेको देखिन्छ । 
    भारतका विहारबाट नेपालका सम्पूर्ण मधेश र हिमाल पहाडबाट समेत भक्त र श्रद्धालुजनहरु विवाह पञ्चमीमा आउने गरेकोले यसपाली भारतका उत्तर प्रदेश विहार राजस्थान, झारखण्ड गुजरात प्रदेशहरुबाट ठूलो मात्रामा श्रद्धालुभक्तजनहरु, यसपाली भारतको सर्वोच्च अदालतले अयोध्यामा राममन्दिरको निर्माणको बाटो खोलेको र राममन्दिर निर्माणको प्रक्रिया अगाडी बढिरहेको अवस्थामा रामभक्तको ठूलो संख्या जनकपुरमा उपस्थिति हुने विश्व हिन्दू परिषद लगायत अन्य धार्मिक संघसंस्थाहरु अन्तर्राष्ट्रिय संचारमाध्यमहरुबाट संकेत दिईरहेका छन् । 
    विश्वको हिन्दूधर्मका आस्थाकेन्द्र अयोध्याग्राम मन्दिर, राम मन्दिर रहेकोले राममन्दिर सँगसँगै नेपालका जनकपुरका मातासिताका मन्दिरको दर्शनको लागि यस पाली अद्भुत अपार र आस्था निष्ठाका श्रद्धालुभक्तहरु आउने सम्भावना बढेको कुरा जनकपुरका तमझम तयारीबाट नै थाहा भईरहेका छन् । जनकपुर अहिले पनि सडक, खानेपानी तथा अन्य भौतिक पूर्वाधारहरु पछाडी रहेको यसपाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा खेरी केही भौतिक पूर्वाधारहरु सडक, पुल पुलेसा, नाला, दु्रत गतिमा बनाए पनि श्रद्धालुहरुको बास बस्ने ठूलो धर्मशालाको खाँचो अहिले पनि देखिएका छन् । विवाह पञ्चमीको अवसरमा प्रत्येक वर्ष देखिएको श्रद्धालुहरुको रहने, खाने र बास बस्ने शुद्ध पानी पिउनेको अभाव यस पाली पनि रहने कि ? प्रदेश सरकार, केन्द्रिय सरकार तथा नगरपालिकाले श्रद्धालु भक्तजनहरुको विशेष निगरानी साथ यी यावत सुविधाहरु उपलब्ध गराउनेतिर ध्यान जानुपर्ने आवश्यकता देखिन्छ । नेपालको पशुपतिनाथ र जनकपुरको जानकी मन्दिर ठूलो धार्मिक पर्यटकीय रहेको अवस्थामा प्रदेश २ का राजधानी समेत रहेका जनकपुर यसपाली पनि वृहत राम र सिता भक्त श्रद्धालुहरुलाई विशेष सुविधा सम्पन्न गराउनेतिर राज्यले ठूलो जिम्मेवारी लिनुपर्ने अवस्थामा विवाह पञ्चमी नजिक आईसक्दा पनि केन्द्रिय सरकार तथा प्रदेश सरकारबाट केही निर्णयहरु अहिलेसम्म सार्वजनिक नगरेको कारण प्रत्येक वर्ष जस्तै यस वर्ष पनि श्रद्धालुहरुले पिडा र व्यथा खेप्नुपर्ने अवस्थाको सिर्जना हुनुपर्ने अनुमानग गर्न सकिन्छ । यसपालीको विवाह पञ्चमी ऐतिहासिक रुपमा मनाउने तयारी साथ नेपाल सरकार र प्रदेश सरकारले ठूलो रुपमा वृहत निर्णय गर्नुपर्ने आवश्यकता देखिन्छ । 
    हाम्रो धरोहरको रुपमा माता सिताको जानकी मन्दिर जनकपुरधाम हामी नेपाली पहिचानको अनुभुति गराई रहेको अवस्थामा हामी दायित्व कर्तव्यबाट पछाडी हट्नुपर्ने कुनै कारण नरहेको अवस्थामा जनकपुरमा यसपालीको विवाह पञ्चमीको अवसरमा वृहत सरसफाई अभियान श्रद्धालु बासको अभियान, श्रद्धालुहरुको पूर्ण व्यवस्था लगायत यावत समस्याहरु व्यवस्थित पूर्वाधार खडा गर्नुपर्ने देखिन्छ । हम्रो पहिचानको रुपमा माता जानकी सिता माता रहेकोले सबै पक्षबाट हामीले पाएका धरोहर धार्मिक आस्थालाई बचाउनु पर्ने र धार्मिक पर्यटकीय क्षेत्रलाई विकास गर्नुपर्ने तदरुपताका साथ अगाडी बढ्नुपर्ने अवस्था देखिन्छ । त्यसमा आसपासका जिल्लाहरु सप्तरी, सिरहा, महोत्तरी, बारा, पर्सा, रौतहटका स्थानीय प्रशासन, जनप्रतिनिधिहरुको वृहत भेला गरी यस पालीको जनकपुर विवाह पञ्चमी व्यवस्थित र भव्य रुपमा मनाउनुपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट