News Category 2076/08/24

सुनाईमा समस्या र यसको समाधान 

दैनिक समाचारदाता

सुनाईमा समस्या र यसको समाधान 

नरेश कुमार यादव 
कान सहायक÷अडीयोमेट्रिसियन
प्राथमिक कान उपचार केन्द्र राजविराज

 सुनाईमा समस्या छ कि ?
    कानले विशेषत दुइटा काम गर्छ सुन्ने र शरिर सन्तुलन राख्ने । कानको भित्री भागमा रहेको “कक्लिया” ले अवाज सुनाउँछ र ‘भोष्टिव्युल’ ले शरीर सन्तुलन गर्छ । भित्री कानमा कुनै समस्या भए कान कम सुन्ने, नसुन्ने तथा चक्कर लागने समस्या हुन्छ ।
    शरीरका अरु अंग मानिसको उमेर बुद्धि संगै विकसित हुदै जान्छन् । “कक्लिया” भन्ने जन्मिदै पुर्ण विकसित हुन्छ । मानिसको सुन्ने शक्तिको विकास गर्भावस्थामै भइसकेको हुन्छ । समान्य अवस्थाको बच्चाले जन्मने वितिकै सुन्न सकछ । गर्भावस्थामा कानका विभिन्न भागको विकास अपुर्ण वा असमान्य भए सुनाइमा समस्या आउँछ । जन्मदै कान नसुन्ने यस्तो अवस्थालाई ‘कन्जेनाइटल’ हियरिङ्ग लस भनिन्छ । जन्मपश्चात सुनाईमा समस्या भई नसुन्ने अवस्थालई ‘एकवार्ड’ हियरिङ्ग लस हो ।
श्रवण समस्या
    श्रवण शक्ति कम हुने समस्या तीन किसिमका हुन्छन्, कन्डक्टिभ,सेन्सरी न्यूरल र मिक्स हियरिङ्ग लस ।
    कन्डक्टिभ हेयरिङ्ग लस ः– वातावरणको अवाजलाई कक्लियासम्म प्रवाह गर्ने अथवा ध्वनीको कन्डक्सनमा बाहिरी कान, कानको नली, जाली एवं स–साना हड्डी (आसिकल) को प्रमुख भुमिका हुन्छ । कानका यी भागमा कुनै खरावी वा समस्या भए ध्वनीको कन्डक्सनमा अवरोध हुन्छ । यस बाट हुने सुनाई समस्या कन्डक्टिभ हेयरिङ्ग लस हो । नवजात शिशुमा भित्री कानको विकास भएको तर बाहिरी र मध्यभाग पूर्ण रुपले विकास नभएको अवस्था कन्डक्टिभ हेयरिङ्ग लस हुन्छ । कानको मध्य र बाहिरी भागमा हुने समस्या जस्तै कानेगुजी धेरै जम्मा हुनु, कानको संक्रमण हुनु, कानको मध्य भागमा पानी जम्मा हुनु, कानको जालीमा प्वाल पर्नु, कानका स–साना हड्डी (असिकलस) नचलनु वा टुक्रिनु जस्तो अवस्थामा कन्डक्टिभ हेभरिङ्ग लस हुन्छ । पटक–पटक वा सधै कान पाक्ने रोग भए पनि यस किसिमको सुनाई कम हुने समस्या हुन्छ ।
    सेन्सरी न्युरल हेयरिङ्ग लस ः– कानको भित्री भाग कक्लिया वा कक्लियबाट दिमाग सम्म जाने नसा (कक्लियर नर्भ) मा समस्या भएर सुनाइ कम हुने अवस्थालाई ‘सेन्सरी न्युरल हियरिङ्ग लस’ भनिन्छ । गर्भावस्थामा आमामा हुने संक्रमण, औषधीको सेवन वा अन्य कारणबाट भित्री कानको पूर्ण विकास नहुनु, प्रसव अवस्था हुने समस्या, जन्मिने वितिकै अक्सिजनको कमी, संक्रमण, जन्डिस जस्ता समस्याले पनि नवजात शिशुमा यस किसिमको समस्या हुन सक्छ । यस्तो समस्या प्राय ः अभिभागकले बच्चले बोल्न नथालेपछि अस्पताल लगेर जचाउँदा थाहा पाउँछन् । बच्चा जन्मने वितिकै सुन्ने क्षमता ठीक छ कि छैन भनी परिक्षण (नियोनेटल हियरिङ्ग) स्क्रिनिङ्ग गर्न जरुरी छ । यस्तो सुनवाई समस्या जन्मजातका अलवा धेरै कारणले हुन सक्छ । उमेर ढल्कदै गएपछि भित्री कानले काम गर्न नसकने भई सुनाई कम हुने, ‘प्रेसवाइअकुसिस’ धेरैमा देखिन्छ । यस अवस्थालाई जनमान्सले कानको नसा सुकिसकेको भनेर बुझछन् । जुन सत्य होइन् ‘कक्लियाको’ सुक्ष्म भाग मसिना कोशिकाहरु (जस्।ले ध्वनी शक्तिलाई विधुतीय शक्तिमा परिणत गर्छ ) ले विस्तारै काम गर्न छाडेपछि यस किसिमको समस्या आउँछ । भित्री कानको संक्रमण, टयुमर, पे्रसर बढनु वा कान र दिमाग जोेडने नसाको टयूमर आदी कारणले यस्तो किसिमको सुनाई समस्या हुन्छ । मेनिन्जाइटिस, हाँडे, टाइफाइड, दादुरा, देउला जस्ता रोगले पनि यस्तो समस्या आउन सक्छ । कुनै कारण विना पनि एक्कासी कक्लियाले काम गर्न छाड्छ जसलाई ‘सडन’ सेन्सरी न्यूरल हिडरिङ्ग लस भनिन्छ यो रोग भाइरलको कारणले भएको अनुमान गरिको छ । यस किसिमको समस्या सकेसम्म चाँडो उपचार सुरु गर्नु पर्छ ।
समाधानका उपाय
    उपचर विधि सुनाई समस्याको किसिम अनुसार फरक हुन्छ । भित्री कानको विकास भए नभएको यकिन गर्न सिटी स्क्यान गर्नुपर्छ मित्री कानको विकास भएको छ बाहिरी र मध्य कानको मात्र समस्या भए उसले सुन्न सक्छ तर सुनाई कम हुन्छ । यस्ता बच्चाको बोली स्पष्ट हुन सक्छ । उमेर अनुसार बिकास नहुन सक्छ । समयमै श्रवण यन्त्र प्रयोग गर्दा उसको बोली प्रस्ट हुन जान्छ । कानको बाहिरीनली नबनेको अवस्थामा साधारण श्रवणयन्त्र लगाउन मिल्दैन यसको लागि ‘बोन कन्डकसन हियरिङ्ग डिभाइस’ प्रयोग गर्नु पर्छ । ५ बर्षको उमेर पश्चार अपरेशन गरी ‘वा हा’ तथा बोन व्रिज, जस्ता आधुनिक यन्त्र प्रयोग गरेर सुनाइलाई समान्य बनाउन सकिन्छ ।
    ‘एकवार्ड कान्डक्टिभ हियरिङ्ग लस’ भए प्राय जसको सुनाई उपचारबाट फर्काउन सकिन्छ । यस्तो समस्याबाट जोगिन धेरै काने गुजी छ भने सफा गर्नु पर्छ, कान को संक्रमन छ भने एन्टिवायोटिक दिई उपचार गर्न सकिन्छ । जालीमा प्वाल छ भने त्यसलाई टाल्न शाल्यक्रिया गर्नुपर्छ । कानको मध्य भागमा पानी जम्मा भए पानी निकाल्नु वा औषधी उपचार गर्नुपर्छ । असिकल्स ट्रक्रिएको छ भने अरु साना हड्डी राखेर वा अरु प्रोस्थेसिस राखेर आस्कलोप्लाष्टी गर्नुपर्छ । भित्री हड्डी (स्टेपिज) नचल्ने रोग (अटो स्केलेरोसिस) भए शाल्यक्रिया गरेर नचलेको हड्डी हटाई कृत्रिम हड्डी राखेरर सुनाइमा सुधार ल्याउन सकिन्छ । शाल्यक्रिया वाट सुधार गर्न नसकने वा नचाहने व्यक्तिको लागि श्रवणयन्त्र वैकल्पिक उपाय हो ।
    ‘सेन्सरीन्यूरल’ हियरिङ्ग लस भए समान्य शाल्यक्रिया वा औषधीको सेवनबाट फाइदा हुदैन । ‘सडेन’ हियरिङ्ग लस छ भने मात्र स्टेरोइड औषधी समयमै शुरु गर्दा सुनाई समान्य हुन सक्छ । जन्मजात यस किसिमको समस्या भएको बच्चाको सम्पूर्ण परीक्षण गरी श्रवण यन्त्र (आंशिक समस्या भएका लागि) वा कक्लियर इम्पलान्ट (पूर्ण रुपमा हियरिङ्ग लस भएका लागि ) भर्वल थेरापी दिएर बोल्न सक्ने पनि बनाउन सकिन्छ । कक्लियर इम्प्लान्ट ३ बर्षको उमेर भन्दा अगाडी गरे बोली विकास राम्रो हुन्छ । ६÷७  बर्षको उमेर सम्म दिमागको नयाँ विकाश गर्ने क्षमता (न्यूरल पलास्टिसिटी) गुमाई सकने हुनाले सो उमेर पछि यो पद्धतीले सुन्न मदत गरे पनि बोली विकास राम्रो नहुन सक्छ ।
    समान्य सुनाई भई बोलीको पुर्ण विकासपश्चात बहिरो भए पनि कक्लियर इम्पलान्ट बाट सुन्ने क्षमता फर्काउन सकिन्छ । चोटपटक ट्युमर भित्रीकानको रोग वा प्रेसवाइअकुसिस मा श्रवण यन्त्र प्रयोगवाट सुनाइमा उपलब्धि नभए कक्लियर इम्प्लान्ट मात्रएक उपाय हो । कक्लियर इम्पलान्टबाट सुन्ने इलेक्ट्रिकल अवजा अलि फरक किसिमको हुने भएकोले अपरेशन पश्चात केही साता ‘स्पिच थेरापी’ जरुरी पर्छ ।
    मोनिन्जाइटिस वा चोटपटक लागि कक्लिया पुरै खराब भए तथा जन्मजात कक्लियाको विकास नभए र कक्लियाबाट दिमागमा जाने कक्लियर नर्भ नभए कक्लियर इम्पलान्ट गर्न मिल्दैन दिमाग मै सुन्ने यन्त्रको इलेक्ट्रोड जडान गर्नु पर्छ । मिक्स हियरिङ्ग लस भएकामा दुवै खालका उपचार पद्धतिबाट समस्या समाधान गर्न सकिन्छ  ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट