News Category 2076/08/25
विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन हुने
दैनिक समाचारदाता
काठमाडौं, २५ मंसिर ।
सरकारले १ सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ शिक्षक दरबन्दी र राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुने जनाएको छ । त्यसमध्ये १४ जिल्लाको ३३ सय ५९ शिक्षक दरबन्दी तथा राहत अनुदान कोटा अन्य जिल्लामा हस्तान्तरण हुनेछ ।
सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या समायोजन गर्ने र आगामी शैक्षिक सत्र शुरु हुनुअघि नै दरबन्दी मिलान सक्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
विद्यार्थी संख्याको अनुपातमा बढी शिक्षक दरबन्दी रहेको विद्यालयबाट कम दरबन्दी रहेको विद्यालयमा शिक्षक पठाइने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् ।
१५ जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा १४ सय ९३ दरबन्दी तथा राहत अनुदान कोटा मिलान हुनेछ । त्यस्तै एक प्रदेशबाट अर्को प्रदेशमा १०५ वटा दरबन्दी तथा राहत कोटा मिलान हुनेछ ।
शिक्षामन्त्री पोखरेलका अनुसार ताप्लेजुङ, इलाम, झापा, सुनसरी, काभ्रे, ताप्लेजुङ, भक्तपुर, काठमाडौं, रसुवा, चितवन, गोरखा, लमजुङ, नतहुँ, स्याङ्ज्या, कास्की, मनाङ, मुस्ताङ, बाग्लुङ, पाल्पा, अर्घाखाँची, डोल्पा र दार्चुला जिल्लाका सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी बढी छ । दरबन्दी मिलानबाट यी जिल्ला प्रभावित हुनेछन् ।
मन्त्रालयका अनुसार हाल देशभर प्राथमिक तहमा ८०,१७६, निम्न माध्यमिक तहमा १६,२४४, माध्यमिक तहमा १२,७२५ शिक्षक दरबन्दी रहेको छ । त्यस्तै साविकको उच्च माध्यमिक तहमा दुई हजार दरबन्दी र ४ हजार राहत अनुदान कोटा रहेको छ ।
प्राथमिक तहमा २१,८७१, निम्न माध्यमिक तहमा ९,६०९ र माध्यमिक तहमा ६,८९८ राहत अनुदान कोटा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ