News Category 2076/09/07
१ सय ७५ बालबालिकामाथि यौन दुव्र्यवहार
मेक्सिको सिटी, ६ पुस (रासस÷एएफपी) ।
एउटा अति–अनुदारवादी रोमन क्याथोलिक चर्चको मेक्सिको शाखाका पादरीले कम्तीमा १७५ जना बालबालिकाको यौन दुव्यवहार गरेको शनिबार सार्वजनिक एक आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार क्रिश्चियन धर्मसँग सम्बन्धित ‘लिगनरी अफ क्राइस्ट’ का संस्थापक मार्सियल मासिएलसहित ३३ पादरी वा ‘डेकन’ले कम्तीमा ६० बालबालिकामाथि सन् १९४१ देखि अहिलेसम्म यौन दुव्र्यवहार गरेको स्वीकार गरेका छन् ।
समूहका महानिर्देशक एडुआर्डो रोबल्स–गिलद्वारा स्थापना गरेको एक आयोगद्वारा गरिएको अनुसन्धानले सन् १९४१ मा लिगनरी अफ क्राइस्टको स्थापनादेखि सन् २०१९ को डिसेम्बर १६ सम्म गरेको अनुसन्धान रिपोर्टलाई ‘सेरोआबुसोेस डट ओराजी’ मार्फत् सार्वजनिक गरिएको छ । “यौन दुव्यवहार भएका भनिएका सबै बालबालिका ११ वर्षदेखि १६ वर्ष उमेर समूहका रहेका छन्,” क्रिश्चियन उक्त संस्थाको सहयोगमा गत जुनमा स्थापना भएको एक आयोगले गरेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ । अनुसन्धानमा आरोपित ३३ पादरीमध्ये अझै १८ जना अझै पनि उक्त संस्थामा सम्लग्न रहेका बताइएको छ तर संस्थाले उनीहरूलाई नागरिक वा बालबालिकासँग जोडिने कुनै पनि कामबाट टाढा गरिसकिएको छ ।
अझ आश्चर्यको कुरा के छ भने आरोपित ३३ मध्ये १४ जना त लिगनरीबाट नै पीडित भएका बताइएको छ । बालबालिकालाई कसरी यौन दुव्र्यवहार गरिएको थियो र दुव्यवहारका घटना कसरी अहिलेसम्म पनि जोडिएका छन् भन्नेबारेमा प्रतिवेदनले स्पष्ट व्याख्य गरेको छ ।
प्रतिवेदनमा उल्लेख गरिएका व्यक्तिभन्दा बढी व्यक्ति दुव्यवहारमा परेका पनि हुन सक्ने तर अध्ययनले सबै समेट्न नसकेको पनि बताइएको छ । यद्यपि अनुसन्धान र अध्ययनलाई भविष्यमा पनि जारी राख्ने सेरोआबुसेसले जनाएको छ । सेरोआबुसेसले भनेको छ, “विभिन्न ४५ पीडितलाई ‘क्षतिपूर्ति र मेलमिलाप’ गराउने प्रक्रिया जारी छ र यसलाई अझ धेरैमा बिस्तार गर्नुपर्ने महशुस गरिएको छ ।” सन् २००८ मा मृत्यु भइसकेका मासिएललाई उहाँ कार्यरत संस्थाबाट आरोप आउन थालेपछि तत्कालिन क्रिश्चियन धर्मगुरू पोप बेनेडिक्टले सन् २००६ मा अबकास लिन दवाब दिएपछि उहाँ संस्थाबाट अलग्गिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2078/01/03 प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि बढीरहेका छन् : डा. कोइराला
- 2078/01/03 हात्तिको आक्रमणबाट एकको मृत्यु
- 2078/01/03 बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
- 2078/01/03 बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
- 2078/01/03 कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
- 2078/01/02 ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो
- 2078/01/02 चैती छठको तयारी सुरु, आज नुहाई खाई
- 2078/01/01 नयाँ वर्षको अवसरमा लाग्ने दुई मेला प्रशासनको निर्देशनपछि स्थगित
- 2078/01/01 कोरोनाका त्रासकाबीच रमजान सुरु
- 2078/01/01 पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको अध्यक्षमा पाण्डे निर्विरोध चयन
अन्तर्राष्ट्रिय समाचार
- 2077/12/31 भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति
- 2077/12/13 चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो