News Category 2076/09/27
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सप्तरी
सप्तरीमा रहेको एक मात्र सरकारी अस्पतालको सेवा सुविधामा सुधार आउन थालेपछि अहिले विभिन्न जटिल रोगको पहिचान गर्ने डाईग्नोस्टि सेन्टर समेत खुलेको छ । राजविराजमा पहिलो पटक अत्याधुनिक प्रविधिसहित पूर्ण स्वचालित मेसिन र उपकरणबाट एकै थलोमा क्यान्सर र अन्य सबै प्रकारका रोग पत्ता लगाउने परिक्षण सुरु भएपछि यहाका जनतले क्यान्सर, अन्य जटिल तथा सामान्य रोग पत्ता लगाउन समेत अब अन्यत्र जानु नपर्ने अवस्था आएको छ ।
यसरी स्वास्थ्य क्षेत्रमा सुधार आउनुले स्वास्थ्यसँग सम्बद्ध सबै सेवाहरु सप्तरीमा उपलब्ध हुन थालेको छ । विगतमा यहाँका जनतालाई सानो भन्दा सानो रोग लागे पनि बिराटनगर र धरान गइहाल्ने बाध्यात्मक परिस्थितको अन्त्य समेत भएको छ । अहिले यहाँ गुणस्तरिय प्रविधिको अल्ट्रासाउण्ड, एक्सरे लगायत अन्य स्वास्थ्यसँग आवद्ध सेवाहरु उपलब्ध रहेको छ । यस्ता सेवाहरु सप्तरीमा उपलब्ध भएपछि सप्तरीका मात्र नभएर सिरहा, उदयपुरका जनताहरु समेतले ती सेवाहरु पाउने भएका छन् । यस्तै क्यान्सरका सम्पूर्ण जाँचका साथै ग्ल्यान्डटिवि, थाईराईड, ईएसआर, युरिनआरई, सेमेनएनालाईसिस, एलर्जि स्किन, एचविएआईसि फरडाईवेटर, मोनिटरिङ लगायत सबै प्रकारका रोगको परिक्षण समेत अहिले राजविराजमै सम्भव भएको छ ।
यस्ता उच्च प्रविधिका स्वास्थ्य सेवाहरु सप्तरीका जनताहरुले कहिले पाउन सकेका थिएन् । यस्ता सेवाका कारण जिल्लाको विकासमा समेत टेवा पुग्ने विश्वास लिन सकिन्छ । तसर्थ स्वास्थ्य सम्बन्धी सेन्टरहरु खुल्ने कार्यप्रति सम्पूर्ण जिल्लावासीले सहयोग गर्नुपर्ने आवश्यकता समेत रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/11/21 अविश्वास प्रस्तावको समर्थन गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
- 2077/11/21 अविश्वास प्रस्तावको समर्थन गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
- 2077/11/20 करोडौं रकम लिएर फरार व्यापारी दाजुभाई बिरुद्ध प्रहरीमा उजुरी दिनेको ओइरो
- 2077/11/20 तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
- 2077/11/19 सप्तरीका चर्चित व्यापारी तथा आइएमई संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
- 2077/11/19 राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय
- 2077/11/19 आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग
- 2077/11/17 श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
- 2077/11/17 कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
- 2077/11/17 ५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?
- 2077/03/03 कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजारभन्दा बढी संक्रमित