News Category 2076/09/27
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सप्तरी
सप्तरीमा रहेको एक मात्र सरकारी अस्पतालको सेवा सुविधामा सुधार आउन थालेपछि अहिले विभिन्न जटिल रोगको पहिचान गर्ने डाईग्नोस्टि सेन्टर समेत खुलेको छ । राजविराजमा पहिलो पटक अत्याधुनिक प्रविधिसहित पूर्ण स्वचालित मेसिन र उपकरणबाट एकै थलोमा क्यान्सर र अन्य सबै प्रकारका रोग पत्ता लगाउने परिक्षण सुरु भएपछि यहाका जनतले क्यान्सर, अन्य जटिल तथा सामान्य रोग पत्ता लगाउन समेत अब अन्यत्र जानु नपर्ने अवस्था आएको छ ।
यसरी स्वास्थ्य क्षेत्रमा सुधार आउनुले स्वास्थ्यसँग सम्बद्ध सबै सेवाहरु सप्तरीमा उपलब्ध हुन थालेको छ । विगतमा यहाँका जनतालाई सानो भन्दा सानो रोग लागे पनि बिराटनगर र धरान गइहाल्ने बाध्यात्मक परिस्थितको अन्त्य समेत भएको छ । अहिले यहाँ गुणस्तरिय प्रविधिको अल्ट्रासाउण्ड, एक्सरे लगायत अन्य स्वास्थ्यसँग आवद्ध सेवाहरु उपलब्ध रहेको छ । यस्ता सेवाहरु सप्तरीमा उपलब्ध भएपछि सप्तरीका मात्र नभएर सिरहा, उदयपुरका जनताहरु समेतले ती सेवाहरु पाउने भएका छन् । यस्तै क्यान्सरका सम्पूर्ण जाँचका साथै ग्ल्यान्डटिवि, थाईराईड, ईएसआर, युरिनआरई, सेमेनएनालाईसिस, एलर्जि स्किन, एचविएआईसि फरडाईवेटर, मोनिटरिङ लगायत सबै प्रकारका रोगको परिक्षण समेत अहिले राजविराजमै सम्भव भएको छ ।
यस्ता उच्च प्रविधिका स्वास्थ्य सेवाहरु सप्तरीका जनताहरुले कहिले पाउन सकेका थिएन् । यस्ता सेवाका कारण जिल्लाको विकासमा समेत टेवा पुग्ने विश्वास लिन सकिन्छ । तसर्थ स्वास्थ्य सम्बन्धी सेन्टरहरु खुल्ने कार्यप्रति सम्पूर्ण जिल्लावासीले सहयोग गर्नुपर्ने आवश्यकता समेत रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ