News Category 2076/09/28
राजश्व बृद्धि गर्ने तर्फ ध्यान पुगोस्
सप्तरीसँग टाँसिएको सबै भारतीय सीमा नाकाहरु खुल्ला रहेका छन् । ती सीमा नाकाहरुमा भन्सार वा प्रहरीको एउटा चेक पोष्ट बाहेक कुनै प्रकारको घेरवार छैन् । जसले गर्दा तस्कारीहरुले खुलेआम भन्सार छलेर सामानहरु नेपालतर्फ सजिलै आयात गर्न भ्याउँछन् । यती मात्र नभएर सानो सानो पोका पारेर दिनरात गरि ट्रकका ट्रक सामानहरु नेपालतर्फ आउने गरेको छ । सीमा सुरक्षा पोष्टमा सशस्त्र प्रहरीको निगरानी हुँदा हुँदै पनि तस्कारीहरुले विभिन्न सामानहरु सजिलै सीमा पार गरिरहेका छन् ।
सप्तरीको मुख्य भन्सार भनेको तिलाठीको बेल्ही भन्सार हो । यस भन्सारबाट पनि भन्सार छलेका सामानहरु नेपालतर्फ आउने गरेको पाइन्छ । नेपाल र सशस्त्र प्रहरीको निगरानी समेतलाई पार गर्दै तस्करहरुले सामानहरु आरपार गर्ने गरेका छन् । सोही नाकाबाट भन्सार नकाटी अवैध रुपमा ट्रकमा लोड गरि सामानहरु भारतीय सीमामा पुग्ने गर्दछन् । यसरी हेर्दा ती सामानहरु कसैको मिलोमतो बिना ओसारपोसार गर्न सकिन्न् ।
यस्ता अवैध किसिमले भन्सार छलेर दुबै मुलुकमा सामान आयात निर्यात गर्ने कामलाई सम्बन्धीत निकायले कडा रुपमा निगरानी गर्नु पर्ने आवश्यकता रहेको छ । अनिमात्र सप्तरीको राजश्व बृद्धि हुन्छ । राज्यको राजश्व वृद्धि गराउन र तस्करी रोक्न पनि त्यस्ता तस्करहरुलाई नै पक्राउ गरी कारबाही प्रक्रियामा ल्याउनु समेत उत्तिकै आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/11/21 अविश्वास प्रस्तावको समर्थन गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
- 2077/11/21 अविश्वास प्रस्तावको समर्थन गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
- 2077/11/20 करोडौं रकम लिएर फरार व्यापारी दाजुभाई बिरुद्ध प्रहरीमा उजुरी दिनेको ओइरो
- 2077/11/20 तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
- 2077/11/19 सप्तरीका चर्चित व्यापारी तथा आइएमई संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
- 2077/11/19 राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय
- 2077/11/19 आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग
- 2077/11/17 श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
- 2077/11/17 कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
- 2077/11/17 ५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?
- 2077/03/03 कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजारभन्दा बढी संक्रमित