News Category 2076/10/12
कुष्ठरोगका सबैभन्दा बढी बिरामी प्रदेश नं २ मा
काठमाडौँ, १२ माघ (रासस) ।
नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण नभएको स्थिति छ । निवारण भन्नाले प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ ।
सरकारले सन् २०२० को अन्तसम्म सम्पूर्ण जिल्लामा कृष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । तराईका झापा, मोरङ, उदयपुर, बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही, सिराहा, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली र अछाम कुष्ठरोगको प्रकोप दर एकभन्दा बढी भएका जिल्ला हुन् ।
विगत नौ वर्षको तथ्याङ्क हेर्दा वार्षिक तीन हजारको हाराहारीमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले ६७औँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक वर्षमा तीन हजार २८२ कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको जानकारी दिइयो ।
उक्त तथ्याङ्कअनुसार प्रदेश नं २ मा सबैभन्दा बढी एक हजार ४८४, त्यसपछि प्रदेश ५ मा ७१९, प्रदेश १ मा ४७१, सुदूरपश्चिम प्रदेशमा २६६, वाग्मती प्रदेशमा १६५, कर्णाली प्रदेशमा ८९ र गण्डकी प्रदेशमा ८८ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेका हुन् ।
यसबाहेक गत आवको अन्त्यमा उपचारमा रहेका बिरामी सङ्ख्या दुई हजार ९२१ रहेको महाशाखाअन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यस्थापन शाखाका निमित्त प्रमुख डा उत्तम घिमिरेले जानकारी दिनुभयो । कुष्ठरोगको कारणबाट हालसम्म करीब ३१ हजारभन्दा बढी अपाङ्गता भएको अनुमान छ भने बहुऔषधिबाट उपचार पूरा गर्नेको सङ्ख्या एक लाख ९२ हजारभन्दा बढी रहेको शाखाले जनाएको छ ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइको ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । ९५ प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्न सक्ने क्षमता हुन्छ । यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई नसर्ने निमित्त प्रमुख डा घिमिरेले बताउनुभयो ।
यो रोग बहुऔषधिको एक मात्रा सेवनबाट नै ९९ प्रतिशत रोगका कीटाणुलाई शिथिल बनाई रोग अरूलाई नसर्ने हुन्छ । समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्णरूपमा निको हुन्छ र अपाङ्गता हुँदैन । कुष्ठरोग निवारणका लागि हाल मुलुकभर जनचेतनामूलक कार्यक्रम, सङ्क्रमण नियन्त्रण, अपाङ्गता बचावट, पुनस्र्थापना, सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि, साझेदारसँगको समन्वय तथा सहकार्य, बहुऔषधिको व्यवस्थापनलगायत क्रियाकलाप सञ्चालन भइरहेको महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/11/23 हत्या, बलात्कार गरि फरार तथा हतियारसहित पक्राउ परेका चार अभियुक्त सार्वजनिक
- 2077/11/23 रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
- 2077/11/23 मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह
- 2077/11/23 दुर्घटनामा घाइते भएका पुजारीको उपचारको क्रममा मृत्यु
- 2077/11/22 राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
- 2077/11/22 दुई चरणमा सप्तरीका जेष्ठ नागरिकलाई कोभिड १९ बिरुद्धको खोप
- 2077/11/21 अविश्वास प्रस्तावको समर्थन गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
- 2077/11/21 अविश्वास प्रस्तावको समर्थन गर्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला
- 2077/11/20 करोडौं रकम लिएर फरार व्यापारी दाजुभाई बिरुद्ध प्रहरीमा उजुरी दिनेको ओइरो
- 2077/11/20 तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?
- 2077/03/03 कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजारभन्दा बढी संक्रमित