News Category 2076/10/17
छोरीप्रति प्रदेश २ सरकारको विशेष ध्यान, स्वागतयोग्य
प्रदेश २ सरकारद्वारा छोरीहरुलाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले संचालित बेटी पढाउ, बेटी बचाउ अभियान प्रशंसनीय र स्वागतयोग्य कार्य रहेको छ । यसले छोरीहरुका लागि निकै नै फलदायक साबित हुने विश्वास लिइएको छ । प्रदेश २ का छोरीहरुलाई भविष्यमा शिक्षा हासिल गर्न कुनै कठिनाई नहोस् र उनीहरु उच्च शिक्षा हासिल गरेर आफ्नो भविष्य आफै उज्जवल गर्न यस्ता अभियनाले ठूलो सहयोग पुग्ने छ । यस प्रदेशमा छोरी जन्मिनुलाई खासै महत्व नदिने र उनीहरुको शिक्षामा खासै ध्यान नपु¥याउने अभिभावकलाई समेत यस्ता अभियानले उर्जा प्रदान गरेको छ । २०७५ साल माघ १ गतेदेखी जन्मेका र जन्मने सम्पूर्ण छोरीहरुलाई प्रदेश सरकारले पहिला १ लाख शिक्षा बिमाको योजना ल्याएकोमा अहिले आएर त्यसलाई तेब्बर अर्थात तीन लाख पु¥याएर छोरीहरुका लागि प्रदेश सरकारले निकै महत्व दिएको छ ।
यसरी छोरीहरुको शिक्षा दिक्षामा प्रदेश सरकारले दिएको महत्व अहिलेसम्मकै अविस्मरणीय कदम समेत हो । यस्ता कार्यले प्रदेश सरकारप्रति सबै धन्यवाद दिनैपर्छ । जहिले पनि कुनै पनि सरकारले विकास र राजनीतिक मुद्दालाई प्राथमिकतामा राखेर कार्य गरिरहेकोमा प्रदेश २ सरकारको यस्तो साहसिक कामले सबैले मनन् गर्नुपर्दछ । यसरी विकासीय कार्य तथा अन्य कार्यलाई समेत अगाडी बढाउँदै छोरीहरुको बारेमा गम्भिरतापूर्वक चासो दिएर प्रदेश सरकारले गरेको कार्य अत्यन्त सहनिय रहेको छ ।
तसर्थ मुलुकको अन्य प्रदेश सरकारले पनि छोरीहरुको शिक्षादिक्षामा बिशेष ध्यान दिएर उनीहरुको उज्जवल भविष्यप्रति सचेत हुनु जरुरी छ भने यस्ता कार्यको सबैले प्रोत्साहन र सहयोग गर्नु पर्ने आजको आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
- 2082/06/25 सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ