News Category 2076/10/19
फिलिपिन्समा कोरोनाबाट एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ३०४ पुग्यो
बेइजिङ, १९ माघ (रासस÷एएफपी) ।
कोरोना भाइरसका कारण चीनबाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको सङ्ख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवतजावतमा कडाइ गरिसकेका छन् । गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट फैलिएको कोरोना भाइरस चीनमा मात्र १४ हजारमा सङ्क्रमित भएको छ भने विश्वका २४ मुलुकमा देखापरेको छ ।
चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको छ तर भाइरस फैलिन छाडेको छैन । चीन सरकारले उहानसमेत धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नाका साथै सवारीसाधनहरु बन्द गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले बिहीबारमात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन् ।
मङ्गोलिया र रसियाले सिमानाका बन्द गरेका छन् र पपुवा न्युगिनीले एशियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउने जोसुकै व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । हाल कोरोना भाइरसको फैलने दरमा कमी आएको छ तर पूर्णरुपमा रोकिएको छैन । फिलिपिन्समा मृत्यु भएका व्यक्ति पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । “चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो,” फिलिपिन्सका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि रवीन्द्र अबेयासिङ्घेले बताउनुभयो ।
बेलायत, रसिया र स्विडेनले पनि यस साता कोरोना भाइरसका कारण आफ्ना नागरिक सङ्क्रमित भएको जनाएका थिए ।
चीनमा आइतबारसम्ममा कोरोना भाइरसका कारण ३०४ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । अघिल्लो दिनको तुलनामा थप ४५ जनाको मृत्यु भएको हो । चीनमा दुई हजार ५९० जना नयाँ रोगी पनि फेला परेका छन् जसका कारण कूल सङ्क्रमित व्यक्तिको सङ्ख्या १४ हजार ५०० पुगेको छ ।
सन् २००२÷३ मा चीनमा फैलिएको सार्सभन्दा कोरोना भाइरसका बिरामी धेरै बढी देखिएका छन् । सार्सका कारण विश्वभर ७७४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मुख्यतः चीन र हङकङका नागरिक थिए ।
व्यक्तिबाट व्यक्तिमा हावाबाट सर्ने भएका कारण यो भाइरस चाँडै फैलिने गर्दछ । त्यही कारण करिब एक करोड १० लाख जनसङ्ख्या भएको उहानमा जनवरी २३ देखि मानिसको आवतजावतमा कडाइ गरिएको छ । उहान शहर हुवेई प्रान्तको राजधानी शहर पनि हो । हुवेई प्रान्तका करिब पाँच करोड मानिस अहिले कोरोना भाइरसको त्रासमा बाँचिरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/11/20 करोडौं रकम लिएर फरार व्यापारी दाजुभाई बिरुद्ध प्रहरीमा उजुरी दिनेको ओइरो
- 2077/11/20 तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
- 2077/11/19 सप्तरीका चर्चित व्यापारी तथा आइएमई संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
- 2077/11/19 राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय
- 2077/11/19 आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग
- 2077/11/17 श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
- 2077/11/17 कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
- 2077/11/17 ५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ
- 2077/11/16 चन्द समूहका जनसत्ता प्रमुखसहित तीन नेता पक्राउ
- 2077/11/16 गरिबीका कारण उपचार गराउन नसेकी निरसीलाई सहयोग जुट्दै
अन्तर्राष्ट्रिय समाचार
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?
- 2077/03/03 कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजारभन्दा बढी संक्रमित