News Category 2076/10/20
हुबेइमा ८ हजारभन्दा बढी स्वास्थ्यकर्मी पठाइयो
उहान, २० माघ (रासस÷एएफपी) ।
विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तमा ८ हजारभन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ । हुबेइबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८ हजार ३१० जना स्वास्थ्यकर्मी पठाइएको जनाइएको छ । ६८ वटा मेडिकल समूह बनाएर ती स्वास्थ्यकर्मी त्यहाँ पठाइएको हो । आजसम्म चीनमा मात्र यस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६० पुगिसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । अवस्था झन् जटिल बन्दै गएपछि स्वास्थ्यकर्मीहरूको सङ्ख्या पनि बढाइएको सो समाचारमा जनाइएको छ ।
चीनका विभिन्न २९ प्रान्त, स्थानीय निकाय र यहाँका स्वास्थ्य आयोगबाट ती स्वास्थ्यकर्मी खटाइएको यहाँका स्वास्थ्य अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । ती स्वास्थ्यकर्मीहरूमध्ये ठूलो सङ्ख्याका स्वास्थ्यकर्मीलाई विमानस्थलमा राखिएको छ । विमानस्थलमा यस भाइरसको जाँच कडा पारिएको छ । कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवतजावतमा कडाइ गरिसकेका छन् । गत वर्षको अन्त्यतिर मध्यचीनको उहानबाट यो भाइरसको सङ्क्रमण फैलिएको अनुमान गरिएको छ । यस कोरोना भाइरसबाट चीनमा मात्र १४ हजार मानिसमा सङ्क्रमण भएको छ भने विश्वका २४ मुलुकमा यस भाइरस देखापरेको बताइएको छ ।
हुबेइ प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको भए पनि भाइरस बाहरिएको पनि जानकारी दिनुभयो । यता चीनको केन्द्र सरकारले पनि उहानलगायतका धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नाका साथै सवारीसाधनहरू बन्द गरेको छ ।
सहायक गभर्नर सिआयोले ती चिकित्सक र स्वास्थ्यकर्मीहरू वरिष्ठताका आधारमा पठाइएको र उनीहरू श्वासप्रश्वास र छाती रोगसम्बन्धी विशेषज्ञहरू रहेको जानकारी दिनुभयो । यसरी पठाइएकाहरूमा ५७ मेडिकल टिमका करिब सात हजारजना चिकित्सक र स्वास्थ्यकर्मी उहानमा मात्र पठाइएको उहाँले जानकारी दिनुभयो । उहान हुबेइको राजधानी शहर हो र यो सबैभन्दा बढी प्रभावित क्षेत्र पनि हो । विश्व स्वास्थ्य सङ्गठनले बिहीबारमात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरूलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन् ।
मङ्गोलिया र रुसले सिमानाका बन्द गरेका छन् र पपुवा न्युगिनीले एशियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउने जोसुकै व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । हाल कोरोना भाइरसको फैलने दरमा कमी आएको छ तर पूर्णरूपमा रोकिएको छैन । फिलिपिन्समा पनि आइतबार एकजनाको ज्यान गएको छ । उनी पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । “चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
चीनमा आइतबारसम्ममा कोरोना भाइरसका कारण ३६० जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका छन् । आइतबार अघिल्लो दिनको तुलनामा थप ४५ जनाको मृत्यु भएको हो । चीनमा दुई हजार ५९० जना नयाँ रोगी पनि फेला परेका छन् जसका कारण कूल सङ्क्रमित व्यक्तिको सङ्ख्या १४ हजार ५०० पुगेको छ । हालसम्म त्यहाँ १७ हजार मानिस सङ्क्रमित भएको बताइन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/11/20 करोडौं रकम लिएर फरार व्यापारी दाजुभाई बिरुद्ध प्रहरीमा उजुरी दिनेको ओइरो
- 2077/11/20 तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित
- 2077/11/19 सप्तरीका चर्चित व्यापारी तथा आइएमई संचालक सिन्धी दाजुभाई करोडौं लिएर फरार
- 2077/11/19 राजबिराज प्रिमियर लिगमा तिलाठी र खडक बिजय
- 2077/11/19 आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग
- 2077/11/17 श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
- 2077/11/17 कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
- 2077/11/17 ५६ बर्षपछि डाकाँ र जालसाज मुद्दाका फरार अभियुक्त पक्राउ
- 2077/11/16 चन्द समूहका जनसत्ता प्रमुखसहित तीन नेता पक्राउ
- 2077/11/16 गरिबीका कारण उपचार गराउन नसेकी निरसीलाई सहयोग जुट्दै
अन्तर्राष्ट्रिय समाचार
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?
- 2077/03/03 कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजारभन्दा बढी संक्रमित