News Category 2076/10/22
सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँच बाहिर
काठमाडौँ, २१ माघ (रासस) ।
युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिनुभएको छ । यही माघ २० देखि २४ गतेसम्म नेपाल भ्रमण गर्दै रहनुभएका उहाँले ललितपुरका विद्यालय, युवा क्लब र समुदायका बालबालिकालाई भेटी तिनको दैनिक जीवनमा आउने चुनौतीको सामना गर्ने तरिकाबारेमा जानकारी लिनुभएको युनिसफ नेपालका सञ्चार विशेषज्ञ शर्मिना मानन्धरले जानकारी दिनुुभयो ।
उहाँले प्राकृतिक प्रकोपको प्रभाव कम गर्न समुदायहरूले आफूलाई सुदृढ बनाउन गरेका प्रयासका बारे पनि जानकारी लिनुहुनेछ । सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्य्रान्क वाल्टर स्टेइनमेयरकी श्रीमती एल्के बुडेनबेन्डरले स्वास्थ्य सेवा र शिक्षाको पहुँच, उच्च गरीबी र प्राकृतिक प्रकोपको उच्च जोखिमजस्ता थुप्रै संरचनात्मक चुनौती तथा नेपालको बाल अधिकार तथा दिगो विकास लक्ष्यसम्बन्धी विषयमा पनि जानकारी लिएको जनाइएको छ ।
युनिसेफका अनुसार नेपालले दिगो विकास लक्ष्य हासिल गर्नेसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा उल्लेखनीय प्रगति गरे पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त खाना तथा विद्यालयको पहुँचबाट टाढा छन् । पाँचदेखि १२ वर्ष उमेर समूहका करीब सात लाख ७० हजार बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रही आधारभूत शिक्षा पाउनबाट वञ्चित छन् । पाँचमध्ये दुई महिलाले १८ वर्षभन्दा पहिले नै विवाह गर्छन् । पाँच वर्षमुनिका ३६ प्रतिशत बालबालिका गरीबीको रेखा मुनि छन् । युनिसेफले नेपालमा सबै बालबालिका, विशेष गरी सीमान्तकृत र विपन्न वर्गका लागि पाँच दशकभन्दा बढीदेखि विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/25 चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु
- 2082/07/24 गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
- 2082/07/24 नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
- 2082/07/24 प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
- 2082/07/24 राजविराजमा महिला क्रिकेट सुरु
- 2082/07/23 करदाता सेवा कार्यालय यथावत नराखिए आन्दोलन चर्काउने चेतावनी
- 2082/07/23 जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव
- 2082/07/21 बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
- 2082/07/21 करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
- 2082/07/21 मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ