News Category 2076/11/01
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु

बेइजिङ, १ फागुन (रासस÷एएफपी) ।
कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ ।
हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको यो भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन् ।
प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको बताइएको छ । पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ ।
उहानमा मात्र थप १४ हजार ८४० जनामा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको पछिल्लो समाचारमा जनाइएाको छ ।
बुधबार भएको यस मृत्युसँगै मृतकको कुल सङ्ख्या बुधबारसम्म एक हजार ३५० पुगेको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्र्किएका बाहेक हाल सङ्क्रण भइ उपचार गराइरहेका बिरामीको सङ्ख्या झन्डै ६० हजार पुगेको छ ।
यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।
उक्त पार्टीले त्यस स्थानमा चीनको साङ्घाइका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । केही दिनअघिमात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीलाई पदमुक्त गरेको जनाइएको थियो ।
स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित भएका बिरामीमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ ।
यस सङ्क्रमणबाट उहानमा ज्यान गुमाएका २४२ जनामध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो ।
हालसम्म यस प्रान्तमा मात्र सङ्क्रमण भएका व्यक्तिको सङ्ख्याया ४८ हजार २०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताउनुभएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/11/12 संसद पुर्नस्थापनको खुशियालीमा जसपाले निकाल्यो बिजयी जुलुस
- 2077/11/12 विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
- 2077/11/12 बुद्धिजीवी पेशाकर्मीद्वारा अदालतको निर्णयको स्वागत
- 2077/11/12 छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
- 2077/11/11 सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नवहाली खुशीयालीमा सप्तरीमा दिप प्रज्जवलन
- 2077/11/11 श्रोत नखुलेको १० लाख नेपाली रुँपैयासहित दुई महिला पक्राउ
- 2077/11/11 अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ
- 2077/11/11 सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
- 2077/11/10 सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
- 2077/11/10 विहे प्रयोजनका लागि बन्द भएको विद्यालय सूचारु
अन्तर्राष्ट्रिय समाचार
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?
- 2077/03/03 कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु, ८२ लाख ६५ हजारभन्दा बढी संक्रमित