News Category 2076/11/06
रोकिएन् ध्वनी प्रदूषण
अहिले राजविराजमा ध्वनी प्रदुषण निकै बढेको छ । धार्मिक कार्यक्रम, बैवाहिक कार्यक्रम वा कुनै उत्सव होस् वा प्रवचनको नाममा ध्वनी प्रदुषण बढेको छ । विभिन्न वहानमा अहिले रातीको समयमा ठूला ठूला आवाजमा लाउडस्पिकर र साउण्डबक्स घन्काएर अरु व्यक्तिलाई समेत जाग्रम बस्न बाध्य बनाएको छ । झण्डै एक दशक भइसक्यो जिल्ला प्रशासन कार्यालयसहित बिभिन्न सरकारी निकायको नाममा अदालतले ध्वनी प्रदुषण रोक्न निर्देशनरुपी फैसला सुनाए पनि त्यसको कार्यान्वयन हालसम्म हुन सकेको छैन् ।
अदालतको फैसला कार्यान्वयन गर्न प्रहरी, प्रशासन सहितका निकायहरु अगाडी नबढ्दा नगरका मुख्य बजारहरुमा अहिले पनि चर्काे स्वरमा लाउडस्पिकर बजाउने कार्य जारी नै रहेको छ । विगतमा प्रहरीले डिजे साउण्डमा रोक लगाएपनि हाल मुख्य चौकहरुमा ठूलो आवाजमा साउण्ड घन्काउने काममा रोक लाग्न सकेको छैन् । चाहे राजनीतिको नाममा होस् या धार्मिक, नीति अथवा अन्य कुनै नाममा किन नहोस् ध्वनी प्रदूषण गरिने क्रम जारी नै छ ।
ध्वनी प्रदूषणले व्यक्तिको मानसिक तनाब बढाउनुका साथै रातीको निन्द्रा बिगार्ने काम गर्दछ । तसर्थ यस्ता कार्यलाई राक्न सम्बन्धित निकायले यसतर्फ ध्यान दिनु अति आवश्यक भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ