News Category 2076/11/09
सेना दिवसमा जनतासँग मैत्रीपूर्ण फुटवल
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सेना दिवसको अवसरमा शुक्रबार राजविराजमा जनता र नेपाली सेना विच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने उदेश्यले भिमदल गणले मैत्रीपूर्ण फुटवल खेलको आयोजना गरेको छ ।
स्थानिय राजरंगशालमा शुक्रबार राष्ट्रिय सेवक कर्मचारी ११ तथा जिल्ला फुटवल संघ एवं सप्तरी जिल्लाबासीको संयुक्त टिम सप्तरीबासी ११ बिचको मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।
उक्त मैत्रीपूर्ण खेलमा सप्तरीबासी ११ टिमले राष्ट्रिय सेवक कर्मचारी ११ लाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै विजयी भएका छन् । निर्धारित समय सम्म दुवै टिमबाट १–१ गोल भएर खेल बराबरीमा टुंगिएपछि टाईबे्रकर प्रणालीबाट खेलको छिनोफानो गरिएको थियो ।
प्रतियोगिता समाप्ती पछि पुरस्कार वितरण गर्दै गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवरले मैत्रीपूर्ण खेल आयोजनाको मुख्य उद्देश्य नै सेना र आम जनताबिचको सम्बन्ध अझ प्रगाढ बनाउनु रहेको बताए ।
दिवसको अवसरमा गणले बृक्षारोपण, रक्तदान, सचेतना मुलक सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
- 2082/07/30 स्थानीयस्तरमै आयश्रोतका साथै रोजगारीको अवस्था सृजना गरौं
- 2082/07/30 करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
- 2082/07/30 राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
- 2082/07/30 कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
- 2082/07/28 करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
- 2082/07/28 कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ