News Category 2076/11/12

शहिद स्तम्भ र अधुरो निर्माणको पर्खाई

दैनिक समाचारदाता

शहिद स्तम्भ र अधुरो निर्माणको पर्खाई

अमरनाथ मण्डल
    महान मधेश आन्दोलन मधेश आन्दोलनमा सहादत दिएका शहिदहरुको सम्मानको लागि शहिद स्तम्भ निर्माण गर्ने प्रदेश सरकारको निर्णय अनुसार गत वर्ष विनियोजित भएको बजेट मार्फत राजविराज नगरपालिका वडा नं. ९ मलेठ स्थित जोलहरी चौकमा निर्माण भइरहेको शहिद स्तम्भ पारम्भिक कार्यहरु सम्पन्न भएका तथा निर्माणको ७५ प्रतिशत कार्य बाँकी रहेको छ । 
    मधेश विद्रोहको स्वरुप अनुसार इतिहासकै सबभन्दा लामो तथा संघर्षशील आन्दोलन मधेश आन्दोलन उचाईमा पुगेको बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली हटको कारण तत्कालिन नेकपा एमालेको नेतृत्वमा जनचेतना जगाउने अभियानको नेतृत्व केपी शर्मा ओलीले गरेपछि सप्तरीको सदरमुकाम राजविराजमा पनि अभियानको ¥याली साथ आउने कार्यक्रम तय गरेपछि त्यसबेलाका मधेशी मोर्चाले केपी ओलीको सप्तरी बहिष्कार गर्ने निति अवधारणा साथ विभिन्न किसिमका विरोधका कार्यक्रम अन्तरगत ओलीको कार्यक्रममा कालो झण्डा देखाउने क्रममा मलेठ स्थित ओद्यौगिक क्षेत्र नजिक सरकारी सामदण्डको प्रयोग गरी ६ जना आन्दोलनकारीलाई निर्ममतापूर्वक हत्या गरेको तथ्यहरु आफ्नै ठाउँमा छ । 
    महान मधेशी मधेश आन्दोलनमा शहादत दिएका ६ जनाको सम्मान र स्मरणमा प्रदेश सरकार मन्त्री स्तरीय निर्णय अनुसार शहिद स्तम्भ बनाउने निर्णय भएको छ । प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनलको सक्रियताले गर्दा स्तम्भको निर्माण कार्य स्थानीय समाजसेवी, युवा नेता रामचन्द्र यादवको अध्यक्षतामा गठित उपभोक्ता समिति तथा राजविराज नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शम्भु प्रसाद यादव लालीको सक्रियताले गर्दा स्तम्भको निर्माणकारण शुरु भएको थियो । तर आर्थिक परिस्थितिले गर्दा आर्थिक बजेटको कम मापदण्ड भएको कारणले गर्दा स्तम्भको निर्माण कार्य अधुरो रहेको थियो ।
    अधुरो शहिद स्तम्भको पुनरनिर्माणको लागि यसपाली प्रदेश सरकारले २० लाख बजेट पुनः विनियोजित गरी स्तम्भ निर्माणको लागि रकम निकाशा गरिसकेका छन् । राजविराज नगरपालिकाका वडा नं. ९ का वडा अध्यक्ष शम्भु प्रसाद यादवले कानूनी प्रक्रिया बनाई उपभोक्ता समिति बनाई चाँडै शहिद स्तम्भको अधुरो रहेको निर्माण कार्य पुरा गर्ने विश्वासको साथ वहाँले आशा देखाउनु भयो ।
    विभेदको लडाईमा संघर्षको लडाईमा सामाजिक न्यायको लागि लडेको लडाईमा शहादत दिएका शहिदहरुको सम्मानको लागि प्रदेश सरकारले देखाएका उदारतालाई स्मरण गर्ने अवस्थाको सिर्जना हुन्छ भने मधेश आन्दोलनका जनादेशबाट बनेका २ नम्बर प्रदेशका मधेशी दलहरुको सरकारले अझै मधेश  आन्दोलनमा शहादत दिएकाहरुकोलागि स्मरणमा ठोस कार्यहरुको निर्माण गरी शहिदको सम्मान दिशातिर आप्mनो भूमिकालाई अझै फराकिलो बनाउनुपर्ने देखिन्छ भने अधिकार प्राप्तिको लडाईको लड्ने आन्दोलनकर्मीहरुको मनोवल उच्च राख्न यस्ता स्तम्भहरुको निमार्ण कार्यहरु अन्य जिल्ला अन्य ठाउँहरुमा सक्रियताका साथ निर्माण प्रक्रियाहरुलाई अगाडि बढाउनुपर्छ ।
    विश्वको हरेक देशमा कुनै पनि परिवर्तनकोलागि लडने लडाईको योद्धाहरुको सम्मानको लागि शहिद स्तम्भ, शहिद भवन, शहिद स्मारक, शहिद गेट जस्ता शहिदहरुको सम्मानको लागि बनाउने गरेको अवस्थामा यहीनै शहिदहरुको सम्मानको आस्था केन्द्र रहन्छ । 
    मधेश आन्दोलनमा शहिद भएका खास गरी मलेठ घटनामा शहादत भएका ६ जना शहिदहरुको अवस्था तथा वहाँहरुको पारिवारिक स्थिति लगायतका परिवेशहरुको हेर्ने दायित्व मधेशका मधेशी नेता मधेशमा प्रदेश २ सरकारका मन्त्री, मुख्यमन्त्री, संसद, स्थानीय जनप्रतिनिधिहरु लगायतहरुको ठुलो कर्तव्य रहेको देखिएको अवस्थामा आफ्नो कर्तव्यबाट विमुख हुनु शहिदहरु प्रतिको अपमानको आभाष हुनु हो भने प्रदेश सरकार तथा प्रदेशका मन्त्री दलका नेताहरु शहिद परिवारलाई जागिर दिने वचनबद्ध देखेएतापनि अहिलेसम्म स्थानीय निकाय तथा प्रदेश सरकारले त्यसप्रति सरकारमा पहिलाहरु चालेको छैन । हामीलाई हाम्रो अधिकारलाई सुनिश्चित गर्ने अधिकार प्राप्ति गर्ने मार्ग बनाउनेहरुले आफ्नो ज्यानको बाजी लगाई शहादत दिएकाहरुलाई यदि हामीले बिर्सिए भने मधेशको अधिकार प्राप्तिमा बाधक सिद्ध हुने हामीनै हुनेछ ।
    तसर्थ मधेशको लागि मधेशी हकहितको लागि मधेश अधिकार सुनिश्चितको लागि दिएका शहादतको सम्मान स्वरुप उहाँहरुप्रति मधेशी जनता मधेशी नेता जनप्रतिनिधिहरुलाई सक्रियतापूर्वक उहाँहरुको सम्मानमा तदरुपता देखाउनुपर्ने अवस्थाको सिर्जना गर्नुपर्छ । मलेठ स्थित निर्माण भइरहेका शहिद स्तम्भ चाँडै निर्माण हुने आस्था र विश्वासको साथ स्तम्भ निर्माण भएपछि हामी त्यस स्तम्भलाई स्मरण गरी शहिदको स्मरण प्रतिको भावना गहिरो हँुदै जान्छ । त्यसैकारण शहिद स्तम्भको निर्माण कार्य सम्बन्धित निकायले तद्रुपताका साथ अगाडि बढाउनुपर्ने आजको सन्दर्भ रहेको देखिन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट