News Category 2076/11/18
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
तिलाठी कोइलाडी गाउँपालिकामा संचालित स्व. गजेन्द्र नारायण सिंह स्मृति टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी कोईलाडी क्रिकेट टिमले हात पारेको छ ।
तिलाठी कोईलाडी गाउपालीकाको आयोजना तथा सप्तरी क्रिकेट संघको संयोजनामा संचालित प्रतियोगिताको आइतबार सम्पन्न फाईनल खेलमा मंसापुर क्रिकेट टिमलाई ८७ रनले पराजित गर्दै कोईलाडीले उपाधी हात पारेको हो ।
टस जितेर कोईलाडी टिमले निर्धारित २० ओभरको खेलमा सबै बिकेट गुमाई १ सय ३५ रनको योगफल खडा गरेको थियो । जसमा जितेन्द्र पासवान ३०, रोहित सिँह २४ र नरेश मण्डलले १४ रनको योगदान दिएका थिए ।
बलिँग तर्फ मंसापुरका अजय मरिक ४, सुबोध मरिक २, धिरज मण्डल र महेश मण्डलले १÷१ बिकेट हात पारेका थिए ।
जवाफमा मंसापुर टिम १२ ओभरमै सबै बिकेट गुमाई ४८ रन मै समेटिएको थियो । जसमा राजा राम मण्डलले १३ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेन ।
मंसापुरलाई सस्तोमा आउट गर्न कोईलाडी टिमका रोहित सिँहले किफायती बलिँग गर्दै ४ ओभरमा ९ रन दिएर ५ बिकेट हात पारेका थिए भने रोबिन सिँह २ तथा जुगनु मण्डल र नरेश मण्डलले १÷१ बिकेट हात पारेका थिए ।
फाईनल खेलमा ५ बिकेट लिने रोहित सिँह म्यान अफ द म्याच घोषित भएका थिए । खेलको म्यान अफ द सिरिज दिपेश सरदार, बेस्ट ब्याट्स म्यान धिरज मण्डल, बेस्ट बलर मोहम्मद गुडु घोषित भएका थिए ।
प्रतियोगिता समाप्तीपछि आयोजित समारोहमा तिलाठी कोईलाडी गाउपालीका उपाध्यक्ष सुचिता यादब, वडा ३ का अध्यक्ष मनोज चौधरी, ४ अध्यक्ष गोपी मण्डल, ६ का अध्यक्ष गोबिन्द यादब, ७ अध्यक्ष गुलाव प्रसाद सिँह, ८ का लक्ष्मी प्रसाद खंग मण्डल, पुर्व राष्ट्रिय खेलाडी राजकुमार दास, प्रतियोगिता संयोजक राजेश झा, सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरी लगायतले बिजेता तथा उपबिजेता, अम्पायर, फिल्ड ब्यबस्थापक, लगायतलाई शिल्ड, कप, मेडल ताथ प्रमाणपत्र बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ