News Category 2076/11/18

स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ 

दैनिक समाचारदाता

स्वास्थ्यका कर्मचारीहरुलाई नगरपालिका र गाउँपालिकाले अन्यत्र काममा लगाउँछ 

अमरनाथ मण्डल
    विश्व कोरोना भाइरसबाट त्रसित रहेको अवस्थामा हरेक देशमा स्वास्थ्य क्षेत्रलाई चुस्तदुरुस्त तथा सक्रियपनको सन्दर्भमा चनाखो रहेको अवस्थामा कोरोना भाइरसले हाम्रो देशको छिमेकी चीनमा व्यापक उतपाद मचाएको अवस्थामा सरकारी पक्षले स्वास्थ्य क्षेत्रलाई स्वास्थ्य संस्थाहरुलाई चुस्तदुरुस्त बनाउनु निर्देशन दिइरहेको सन्दर्भमा स्थानीय निकायका स्वास्थ्य चौकी, स्वास्थ्य उपचौकीहरुमा अहेव, अनमी, हेल्थ अस्सिटेन्ड जस्ता स्वास्थ प्राविधिहरुलाई स्वास्थ्य क्षेत्रमा दरबन्दी रहेको अवस्थामा स्वास्थ्यकर्मीहरुलाई गाउँपालिका र नगरपालिकाका अन्य कार्यहरुमा लगाउने गरेको पाईन्छ । 
    वडा कार्यालयहरुमा स्वास्थ्य चौकीहरु अधिकांश वडा समिति कार्यालयसँग गाँसिएको हुनाले वडा र नगरपालिका, गाउँपालिकासँग स्वास्थ्य संस्थाहरुलाई गाँसिएको हुनाले गाउँपालिका, नगरपालिका वडा कार्यालय, जनप्रतिनिधिहरुले स्वास्थ्य कर्मचारीहरुलाई आप्mनो कार्य क्षेत्रभन्दा बाहिर गई कम्प्यूटर चलाउने, कार्यालयको अभिलेख राख्ने, दर्ता चलानी गर्ने तथा अन्य कार्यहरुमा लगाइरहेको कारणले गर्दा अहिले सप्तरीका स्वास्थ्य क्षेत्र तथा स्वास्थ्य संस्थाहरु दिनप्रतिदिन कर्मचारीबिहिन बन्दै गईरहेको अवस्थामा स्वास्थ्य क्षेत्र पूर्णरुपमा प्रभावित बन्दै गइरहेका छन् । 
    मानव जीवनको अमुल पाटो स्वास्थ्य क्षेत्र रहेकोले प्रत्येक नागरिकलाई स्वास्थ्य सुविधा पु¥याउने उद्देश्य स्थानीय सरकारको समेत रहेको सन्दर्भमा स्वास्थ्य क्षेत्रप्रति वेवस्ता देखाइरहेको स्थानीय सरकारहरुले बजेट रकमको विनियोजित आधारहरु स्वास्थ्य क्षेत्रमा विनियोजन गर्दा न्यून मात्रामा नगरपालिका र गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई रकम विनियोजित गरेको देखिन्छ । तसर्थ अहिले परिस्थितिमा कोरोना भाइरसबाट विश्वनै त्रसित रहेको अवस्थामा कुन बेला, कुन समयमा के–कति घटनाहरु घटने संवेनशिल अवस्थामा ग्रामिण स्तरका स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरुलाई चुस्त दुरुस्त तदरुपताको सक्रियतामा राख्नुपर्ने अवस्थामा अधिकांश स्वास्थ्य चौकीहरुमा दिनको १२ बज्ने बित्तिकै बन्द हुने गरिन्छ । 
    नगर तथा ग्रामिणस्तरका स्वास्थ्य चौकीहरुमा कर्मचारीको अभाव पहिले देखि रहेकोले प्राविधिक उपचारको लागि बिपि (ब्लड प्रेशर) जाँच्ने मेशिन तथा साधारण स्वास्थ्य उपकरणहरु समेत अभाव रहेकोले स्वास्थ्य चौकीहरु जनतालाई स्वास्थ्य सेवा दिन सक्रियतामा कमि देखाइरहेको सन्दर्भले जनमानसमा स्थानीय स्वास्थ्य चौकीहरुप्रति विश्वासको वातावरणमा दिनप्रतिदिन खाल्डो परिरहेको अवस्था रहेको छ । स्वतन्त्र र शान्त भएर साधन सुविधाबाट परिपूरक गरी स्वास्थ्य चौकीहरुलाई आत्मनिर्भर बनाउनु पर्ने अवस्थामा अहिले जिल्ला जनस्वास्थ्य कार्यालय अन्तरगतका स्वास्थ्य संस्थाहरुलाई गाउँपालिका र नगरपालिकामा गाभिएका कारण स्वास्थ्य क्षेत्रलाई कमाण्ड गर्ने निकाय जिल्ला जनस्वास्थ्य कार्यालय पूर्ण रुपमा निष्क्रिय बन्दै गइरहेको छ । 
    प्रदेश सरकारको मातहातमा रहेका जिल्ला जनस्वास्थ्य कार्यालयको विशेष अधिकार जनस्वास्थ्य कार्यालयमा निहित नरहेको सन्दर्भमा अधिकारहरु नगरपालिका र गाउँपालिकालाई प्रायोजित गरिएको सन्दर्भले जिल्ला जनस्वास्थ्य कार्यालयको निगरानी र अनुगमन प्रक्रियाहरु कमजोर बन्दै गइरहेको छ भने गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरुले विकाशीय बजेटतिर बढि ध्यान केन्द्रीत गरेको कारणले गर्दा स्वास्थ्य क्षेत्र दिनप्रतिदिन कमजोर भइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले आफुहरु अनुगमनको लागि तयार रहेको सन्दर्भमा अनुगमनको लागि खर्च कार्यालयमा पर्याप्त नरहेको कारणले गर्दा अनुगमन गर्न नसकेको स्वीकार गर्दछ । तसर्थ गाउँपालिका र नगरपालिकाको स्वास्थ्य सेक्टरहरुप्रति जनप्रतिनिधिहरुको ध्यान केन्द्रीत हुनको लागि प्रदेश सरकारका स्वास्थ्य मन्त्रालय समेत गाभिएका सामाजिक विकास मन्त्रालय तथा त्यसका कर्मचारीहरुको पूर्ण सक्रियताको आवश्यकता देखिन्छ । 
    स्वास्थ्यका कर्मचारीहरुलाई गाउँपालिका र नगरपालिकामा वडा कार्यालयहरुमा उहाँहरुले सिकेका र तालिम लिएका कार्यहरुभन्दा भिन प्रवृतिको कार्यहरु गर्न जिम्मेवारी दिने गरेकोले अधिकांश कार्यहरु प्रभावित हुने गरेको छ । स्वास्थ्य संस्थाहरुमा आउने रोगीहरु स्वास्थ्य सेवाबाट दिनप्रतिदिन बञ्चित बन्दै गइरहेका छन् । यसै सन्दर्भमा जनस्वास्थ्य प्रमुख यादवले जुन दिनदेखि स्थानीय निकायमा स्वास्थ्य संस्थाहरुलाई गाभिएको छ । त्यो दिनदेखि स्वास्थ्य संस्थाहरुको कर्मचारी जिल्ला जनस्वास्थ्य कार्यालयलाई नटेर्ने अवस्थाको सिर्जना भइरहेको छ । तसर्थ गाउँपालिका अध्यक्ष तथा नगरपालिकाका प्रमुख लगायतका जनप्रतिनिधिहरुको सक्रियता तथा सम्वेदनशिल भई जनु कार्यमा दक्ष रहेका जनशक्ति कर्मचारीहरुलाई त्यही कार्यमा लगाउनु पर्ने अवस्थाको सिर्जना गर्नुपर्छ । यदि कुनै वडा कार्यालयहरु स्वास्थ्यका कर्मचारीहरुलाई अन्य काममा लगाउँदै त्यसमाथि कार्वाहीको प्रक्रियाहरु अगाडि बढाउनु पर्ने अवस्थाको सिर्जना गर्नुपर्छ । 
    अहिले कोरोना भाइरसको जटिल समस्याको कारणले गर्दा सबै नागरिकहरु सचेत भई समयमा त्यस्ता कुनै प्रकारका लक्षणहरु देखा परे स्वास्थ्य संस्थाहरुमा जानु पर्ने अवस्थामा स्वास्थ्य संस्थाहरु पनि सम्वेदनशिल भई आफुले पाएका कामको जिम्मेवारी निर्वाह गर्नुपर्ने आफ्नो दायित्वको कर्तव्यबोध हुनुपर्ने अवस्थामा देखिन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट