News Category 2076/11/19
राष्ट्रिय जुडो प्रतियोगिता सुरु

दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
राजविराजमा सोमबारदेखी स्व. लोकेन्द्र कुमार श्रेष्ठ स्मृती सातौं राष्ट्रिय व्यपी जुडो प्रतियोगिता सुरु भएको छ ।
मारुती ग्यास उद्योग प्रालि दुहबी मुख्य प्रायोजक रहेको प्रतियोगितामा तीन विभागिय टिम नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै काठमाडौं, ललितपुर, भक्तपुर, धनुषा, पर्सा, बारा, सुनसरी, सिरहा, मोरङ, उदयपुर, झापा, बाँके, बर्दिया, इलाम, रसुवा, कास्की, कैलाली, गोरखा, नुवाकोट, कंचनपुर आयोजक सप्तरी गरि २५ टिमको सहभागिता रहेको छ ।
जिल्ला जुडो संघको आयोजना तथा नेपाल जुडो संघको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले उद्घाटन गरेका छन् ।
सो अवसरमा उनले योग्य खेलाडी उत्पादन तथा देशलाई माथी उठाउन यस्ता प्रतियोगिताले ठूलो मद्दत पु¥याउने बताए । उनले प्रतियोगितालाई सफल बनाउन स्व. लोकेन्द्र श्रेष्ठका परिवारले गरेको योगदान महत्वपूर्ण रहेको समेत बताए ।
जुडो संघका उपाध्यक्ष पियुस श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष खडक बहादुर दाहाल, संघका जिल्ला महासचिव नवनित झा, भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर लगायतले शुभकामना दिएका थिए । प्रतियोगिताको फाइनल खेलहरु मंगलबार सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2077/12/30 किसानलाई उत्पादनमूखी अनुदान दिने प्रक्रिया सुरु : कृषि मन्त्री साह
- 2077/12/30 कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न माओवादी केन्द्रको माग
- 2077/12/30 सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गसलाउञ्जमा विशेष छुट पाउने
- 2077/12/29 माओवादी केन्द्रले भ्रष्टाचार बिरुद्ध तथा संगठन सुदृढिकरणका लागि दुई महिने अभियान चलाउने
- 2077/12/29 उच्च बार एशोसिएशनमा डिएलएको बर्चश्व
- 2077/12/28 पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
- 2077/12/28 दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो
- 2077/12/28 बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान
- 2077/12/27 पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
- 2077/12/25 नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदै, सप्तरीमा श्रवण देव र मनोहर पोखरेलबीच प्रतिष्पर्धा
अन्तर्राष्ट्रिय समाचार
- 2077/12/13 चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा
- 2077/10/21 पाकिस्तानमा खोप अभियान शुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने
- 2077/10/19 म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
- 2077/08/15 भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
- 2077/05/01 प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ?